शुक्रबार, अशोज १, २०७८

शितगंगा -९ मा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

घनु गाहा, अर्घाखाँची ।

नेकपा एमाले शितगंगा नगरपालिका वडा नं. ९ को वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथि नेकपा एमालेका शितगंगा नगर कमिटी अध्यक्ष वसन्त श्रेष्ठ रहेका थिए ।

वर्तमान राजनीति अवस्था र संगठन परिचालनका लागि गरिएको प्रशिक्षण तथा कार्यकर्ता भेलामा जिल्ला कमिटी सदस्य एवं वडा अध्यक्ष भिम केसी, शितगंगा-९ वडा कमिटी अध्यक्ष पदम केसी, अनेम संघ नगर सचिव सुशिला आचार्य, नगर सदस्य चोप बहादुर कुवंर (चम्मन), वडा नं. ८ को वडा कमिटी सचिव प्रकाश जवारा, वडा नं. ८ का युवा संघको अध्यक्ष मोहनलाल थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम टोल कमिटी अध्यक्ष टेक बहादुर खत्रीको अध्यक्षता र घनु गाहाको संचालनमा सम्पन्न भएको थियो ।