शुक्रबार, अशोज १, २०७८

बुद्ध यशोधरा सामुदायिक वनमा एक आर्थिक वर्षमै ५६ लाख बढी रकम घोटला

रातो प्रेस डटकम, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको एक सामुदायिक वनमा एकै आर्थिक वर्षमा ५६ लाख बढी रकम अनियमितता गरेको पाइएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ गब्दहवा स्थित बुद्ध यशोधरा सामुदायिक वन उपभोक्ता समितिका केही पदाधिकारी मिलेर लाखौँ रकम अनियमितता गरेको पाइएको हो ।

आर्थिक वर्ष २०७६/०७७ को अडिट रिपोर्ट

घोटला कुन कुन शिर्षकमा कति कति भयो त ?

घोटला नं. १ : गत वर्ष बाटो निर्माणको भुक्तानी
आर्थिक वर्ष २०७६/७७ मा गत वर्षको बाटो निर्माणको भुक्तानी शिर्षकमा १७ हजार खर्च भएको सार्वजनिक सुनुवाई गरिएको छ । तर सोही शिर्षकमा लेखा परिक्षण (अडिट रिपोर्ट) मा २१ लाख ७६ हजार ५ सय ८ रुपैयाँ उल्लेख छ ।

घोटला नं. २ : प्लट सफाई

सोही आर्थिक वर्ष २०७६/७७ मा प्लट सफाई शिर्षकमा १ लाख १८ हजार खर्च भएको सार्वजनिक सुनुवाई गरिएको छ । तर सोही शिर्षकमा लेखा परिक्षण (अडिट रिपोर्ट) मा भने २ लाख ४० हजार ९ सय ७५ रुपैयाँ उल्लेख छ ।

घोटला नं. ३ : तारबार लेबर

सोही आर्थिक वर्ष २०७६/७७ मा तारबार लेबर शिर्षकमा ७३ हजार ५ सय खर्च भएको सार्वजनिक सुनुवाई गरिएको छ । तर सोही शिर्षकमा लेखा परिक्षण (अडिट रिपोर्ट) मा भने ९९ हजार ७ सय ५० रुपैयाँ उल्लेख छ ।

घोटला नं. ४ : तार खरिद

सोही आर्थिक वर्ष २०७६/७७ मा तार खरिद शिर्षकमा १ लाख ५३ हजार खर्च भएको सार्वजनिक सुनुवाई गरिएको छ । तर सोही शिर्षकमा लेखा परिक्षण (अडिट रिपोर्ट) मा भने ३ लाख ४५ हजार ५ सय ३९ रुपैयाँ उल्लेख छ ।

घोटला नं. ५ : बन हेरालु तलब

सोही आर्थिक वर्ष २०७६/७७ मा बन हेरालु तलब शिर्षकमा १ लाख ५४ हजार खर्च भएको सार्वजनिक सुनुवाई गरिएको छ । तर सोही शिर्षकमा लेखा परिक्षण (अडिट रिपोर्ट) मा भने ४ लाख ३२ हजार रुपैयाँ उल्लेख छ ।

घोटला नं. ६ : झाँडी सफाई

सोही आर्थिक वर्ष २०७६/७७ मा झाँडी सफाई शिर्षकमा १ लाख ७५ हजार ५ सय खर्च भएको सार्वजनिक सुनुवाई गरिएको छ । तर सोही शिर्षकमा लेखा परिक्षण (अडिट रिपोर्ट) मा भने २ लाख ३९ हजार ४ सय रुपैयाँ उल्लेख छ ।

घोटला नं. ७ : ईन्धन खर्च

सोही आर्थिक वर्ष २०७६/७७ मा ईन्धन खर्च शिर्षकमा ३६ हजार खर्च भएको सार्वजनिक सुनुवाई गरिएको छ । तर सोही शिर्षकमा लेखा परिक्षण (अडिट रिपोर्ट) मा भने ३८ हजार रुपैयाँ उल्लेख छ ।

घोटला नं. ८ : संचार खर्च

सोही आर्थिक वर्ष २०७६/७७ मा संचार खर्च शिर्षकमा ६ हजार खर्च भएको सार्वजनिक सुनुवाई गरिएको छ । तर सोही शिर्षकमा लेखा परिक्षण (अडिट रिपोर्ट) मा भने ७ हजार ५ सय रुपैयाँ उल्लेख छ ।

पुरा भिडियो हेर्नुहोला सबै कुरा छ : 

बुद्ध यशोधरा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष गिरधारी थारूले विगत १२ वर्षदेखि सम्हाल्दै आएका छन् । स्थापनादेखि केही व्यक्ति निरन्तर नेतृत्वमा बस्दै आएका छन । विगतदेखि नै आर्थिक अनियमितता गर्दै आएको तर वैज्ञानिक वन व्यवस्थापन पछि झनै अनियमितता गरेको विषयमा पदाधिकारीमाथि आरोप लागेको छ ।

रातो प्रेस डटकमले आर्थिक वर्ष ०७४/७५ देखि ०७६/७७ सम्मको अडिट रिपोर्टको सूचना माग पछि अध्ययन गर्दा वन समितिका पदाधिकारीहरूले लाखौँ रकम अनियमितता गरेको विषय बाहिर आएको छ ।

मनपरि ढंगबाट फर्जी बिल भरपाई बनाई लाखौं रकम अनियमितता गरेका छन । स्थानीयका अनुसार मनोमानी रुपमा आफ्नै ढङ्गले खर्च देखाई अडिट गरी लाखौँ अनियमिता गरेको समाचार बाहिर आउँदासमेत सम्बन्धित निकायहरू बेखबर बनेको भन्दै अक्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा निवेदन दिएको एकता युवा क्लबका अध्यक्ष राजेन्द्र थारूले बताए । सम्बन्धि निकायका सरोकारवालाहरूको ध्यानाकर्षण नभएको भन्दै मिलमतो रहेको आशंका गर्न थालेका छ्न ।

उपभोक्ताले पटक–पटक हिसाबकिताब देखाउन माग गरेपनि समितिले देखाउन नसकेको बताइएको छ । वन समितिले उल्टै मिलाउने कुरा मात्रै गर्ने तर हिसाब किताब देखाउन नखोजेको भन्दै उपभोक्ताहरुले आक्रोश व्यक्त गरेका छन । उक्त वनको ठेक्का लिएका ठेकेदार, वन कर्मचारीसँग केही पदाधिकारीहरू मिलेर रकम अनियमितता गरेको स्थानियले आरोप लगाएका छन ।

वनका अध्यक्ष गिरधारी थारू र कोषाध्यक्ष ससी अधिकारीले हिसाब देखाउन नखोजेको साथै ति व्यक्तिहरु मिलेर रकम निकासा गरी रकम हिनामिना गरेको स्थानिय युवा दिपक बेल्बासेले बताए ।

आम भेलामा स्थानिय उपभोक्ताहरूले उठाएका सवालमा वन समितिका पदाधिकारीले प्रष्ट पार्न नसकेको बताएका छन । स्थानियले फर्जि बिल बनाई अनियमिता गरेको रकम असुल–उपर गर्न माग गरेको स्थानिय युवा किशोर थारूले बताए ।

यो वन वि.सं. २०६८ सालदेखि बुद्ध यशोधरा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन सुरु भएको थियो । वैज्ञानिक वन व्यवस्थापन लागू भएदेखि नै आर्थिक अनियमितता भएको भन्दै उपभोक्ताहरूले आरोप लगाउदै आएका छन । वनको हिसाबकिताब देखाउन भन्दै स्थानीयले माग गरेछन ।

आर्थिक अनियमितता गरेको विषयमा भने पदाधिकारीहरुले गल्ति गरेको स्विकार गरेका छैनन । उनीहरू भन्छन् ,‘हामीबाट गल्ति भएकै छैन यदि भएको खण्डमा हिनाबिना भएको रकम तिर्न वा त्यस बापत के सजाय हुन्छ भोग्न तयार भएको बताएका छन । उनीहरुले कुनै पनि शिर्षकमा भएको आर्थिक अनियमितताको आरोप स्वीकारेका छैनन् ।

वास्तविक रुपमा प्रयोगमा आएका कागजपत्रहरू फेला  :