शुक्रबार, अशोज १, २०७८

आर्थिक अभावले उपचार हुन सकेन, परिवारद्वारा आर्थिक सहयोगको लागि अनुरोध

बिक्रम आचार्य, शितगंगा  ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ७ बान्द्रे टोल निवासी  ४७ वर्षिया तेजकला सोमै मगर विगत ५ वर्षदेखि पाठेघरको टिउमर रोगले पीडित छिन । उनी टीका बहादुर राना मगरको छोरी र दोर्ण बहादुर सोमै मगरको पत्नी हुन । उनी पाठेघरको टिउमर रोग लागेर पीडित भएको र उपचारको लागि घरको अवस्था निकै दयनिय रहेकाे छ । उपचार गर्ने खर्च जुटाउन नसक्ने भएकोले उपचार तथा पाठेघरको अप्रेशन गर्नका लागि २ लाख ५० हजार खर्च लाग्ने बताइएकाे छ ।

सहयोगी संघ संस्था साथै सहयोगी मन भएका नेपाली नागरिक सबैमा सक्दो आर्थिक सहयोगकाे लागि परिवारले सबैमा अनुरोध गरेका छ । सहयोगको लागि निम्न नम्बरमा सम्पर्क गर्न परिवार स्रोतले अनुरोध गरेको छ ।

पिडितकाे मोबाइल  नं. ९८४९२९४५६१ र बिरामीको बहिनीकाे नं. ९८४७२२९२०७ मा सम्पर्क गरी सक्दाे सहयाेग गर्न सकिने छ ।