शुक्रबार, अशोज १, २०७८

कांग्रेसको शितगंगा नगर सभापतिमा मोहन प्रसाद पन्थीको दाबी

बिक्रम अचार्य, शितगंगा ।
नेपाली कांग्रेसको १४औं महाअधिवेशन नजिकिँदै गर्दा नेताहरुबिच तिब्र रूपमा भेटघाट चलिरहेकाे छ । त्यसैबिच अर्घाखाँचीको शितगंगा नगर सभापति पदमा शिक्षण पेसा छोडेर राजनितिमा उदयमान मोहन प्रसाद पन्थीले पनि आफ्नो उम्मेदवारी रहेको दाबी प्रस्तुत गरेका छन ।
नेपाली काङ्ग्रेस शितगंगा नगरको भावी नेतृत्वका लागि आफ्नो उम्मेदवारी दाबि गर्दै आफु सबै क्षेत्रमा भेटघाट गर्दै गर्दा सर्वसहमतिबाट नै आफु निर्वाचित हुने सम्भावना देखेको र यदि निर्वाचन नै हुने अवस्था आएमा पनि अत्याधिक मतले नगर सभापति हुने पन्थीले राताे प्रेसका पत्रकारसँगकाे कुराकानीमा दाबी गरेका छन ।
नेपाली काङ्ग्रेस विभिन्न भातृ संगठन अन्तरगत नेपाल विद्यार्थी संघ मार्फत २०३६ सालमा सदस्यता लिदै जनमत संग्रह तथा सत्याग्रहमा सरिक हुदै ने.वि.संघ बिदेश शाखा दिल्ली राज्य कमिटिको अध्यक्ष को जिम्वेवारी सम्हालदै अभ्युदय पत्रिकाको प्रथम र दोश्रो सस्करणको प्रकाशन (२०४२ देखि २०४६ ), २०४५ फाल्गुणमा तत्कालीन बिदेश मन्त्री सैलेन्द्र कुमार उपाध्यायको अपमान गरेको आरोपमा राजदुत विन्दा शाहद्वरा भारतिय दुताबासमा बन्दी ३ दिने भोक हड्ताल पछि रिहा भए । त्यस्तै दाङ बिजौरी जनता क्यापसको ने.बि.संघको (२०४७ देखि २०४९ सम्म ) युनिट अध्यक्षको जिम्वेवारी, २०५० जेष्ठ ५ देखि श्री जन जागृति मा.बि.शिक्षण तथा अध्यापन पेसामा संलग्न, २०५१ सालमा नेपाल शिक्षक संघ अर्घाखाँची क्षेत्र नं २ को अध्यक्ष पदमा भारी मतले विजयी, २०५४ को स्थानिय निर्वाचनमा शिक्षण पेसा छाडी जलुके गा.बि.स.को अध्यक्षको उम्मेदवार , २०५४ मा पुन सोही पदमा शिक्षण पेशामा संलग्न तथा नेपाल शिक्षक संघ जिल्ला समितिको सल्लाहकार तथा महाधिवेसन प्रतिनिधि निर्वाचित भए । उनले २४ बर्षको शिक्षण पेसाबाट अबकास भई २०७४ को स्थानिय निर्बाचनमा शितगंगा ७ को जस्तो कठिन सांगठनिक भुमिमा वडा अध्यक्ष पदमा ऐतिहासिक सफलता प्राप्त गरे ।
पार्टीमा निरन्तर जिम्मेवारी पुर्वक काम गरेको बताए । विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका पन्थीले  शितगंगामा सालिन, भद्र र बौद्धिक नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन । अहिलेको महाधिवेशनमार्फत सक्ति पृथकीकरणको सिद्धान्त अगाल्दै पार्टी नेतृत्व र नगर प्रमुख यउटै क्षेत्रबाट नभई भौगोलिक क्षेत्रलाई समेट्दै नेतृत्व चयन हुदा समग्र शितगंगाको विकासमा पार्टीलाइ परीचालन गर्ने बताए। पार्टीका विभिन्न भातृ संगठनलाई सुदृणिकरण गर्दै संगठनलाई सशक्त र चुस्त बनाउने अाफ्नाे अर्को एजेन्डा रहेकाे र पार्टीका पक्तिलाई प्रशिक्षित र प्रभावशाली बनाउने लक्ष्य रहेकाे बताए ।