शुक्रबार, अशोज १, २०७८

क्यानसर पिडित सिता खत्रीलाई आर्थिक अभावका कारण उपचारमा समस्या, परिवारद्वारा आर्थिक सहयोगको लागि अनुरोध

विक्रम आचार्य, शितगंगा ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ६ दाङसिङ निवासी ३६ वर्षिय सिता खत्री विगत १ बर्ष देखि क्यान्सर रोगले थला परेकी छिन ।

क्यान्सर पिडित खत्री हुमलाल भुसालको छोरी तथा तिलक खत्रीको श्रीमती हुन । खत्रीको विगत १ बर्ष देखि थला परेको बुटवलका हस्पिटल हुँदै भरतपुर विपि मेमोरियल क्यासर हस्पिटलमा समेत चेक गराएकी थिईन । अहिले काठमाण्डौ विर हस्पिटलमा चेक गराउँदा खुट्टाको क्यासर भन्ने पत्ता लागेको अहिले विर हस्पिटलबाट किमो चडायर उपचार भई रहेको छ ।

आफुसंग भएको पैसा पटक पटक बुटवल, भैरहवा, भरतपुर उपचार गर्दा सकिएको भन्दै अहिले किमो चडायर उपचार गर्न आफुसंग आर्थिक अभाव रहेको उनको परिवार स्रोतले जनाएको छ । एक किमो चढाउन ५० हजार लाग्ने डाक्टरको सल्लाह अनुसार ४ पटक चढाउनु पर्ने भएकोले सहयोगी संघ संस्था साथै सहयोगी मन भएका नेपाली नागरिक सबैमा आफू सक्दो आर्थिक सहयोगका लागि उनका श्रीमान तीलक खत्रीले सबैमा अनुरोध गरेका छन ।

सहयोगको लागि निम्न नम्बरमा सम्पर्क गर्न परिवार स्रोतले अनुरोध गरेको छ ।
तिलक खत्री (श्रीमान) : ९८६४४४३७१२

विक्रम आचार्य (रातो प्रेस संवाददाता) : ९८४७५७८३२५