शुक्रबार, अशोज १, २०७८

शितगंगा -८ मा माओवादी केन्द्रको विस्तारित बैठक सम्पन्न

रातो प्रेस संवाददाता, लाहापे ।

कपा माओवादी केन्द्रले शितगंगा नगरपालिका वडा नं. ८ मा आज मंगलबार विस्तारित बैठक सम्पन्न गरेको छ ।

विस्तारित बैठकले वडा नं. ८ मा लक्ष्मण सुनारको अध्यक्षता २५ सदस्यिय वडा कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा पुनराम श्रेष्ठ, सचिवमा जस बहादुर रोकाया, सह-सचिवमा पदम बहादुर कुमाल, कोषाध्यक्षमा शान्ति मुक्तान रहनु भएको छ ।

तेज बहादुर कुमालको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं केन्द्रिय सदस्य मान बहादुर बुढा (विकल्प) ले यतबेला आफुहरु पार्टी संगठन सुदृढिकरण अभियान शुरु गरेको बताउनुभयो । उहाँले पार्टीलाई चलायमान बनाउन अव वडा र टोल कमिटीका भेला तथा बैठकलाई नियमित रुपमा सञ्चालन गर्न निर्देशन समेत गर्नुभयो ।

बैठकमा पार्टीको संगठन सुदृढिकरणका बरेमा व्यापक छलफल भएको कार्यक्रमका विशिष्ट अतिथी एवं वडा नं. ८ का वडा अध्यक्ष तथा जिल्ला सदस्य रुकेश आलेले बताउनु भयो ।

बैठकमा माओवादी केन्द्रका अधिकांश नेता कार्यकर्ताहरूले पार्टीको संगठन सुदृढिकरणका बारेमा बोलेका थिए ।

कार्यक्रम टान बहादुर रखालको अध्यक्षता र जस बहादुर रोकायाको संचालनमा सम्पन्न भएको थियो ।