शुक्रबार, अशोज १, २०७८

इमिलियामा रहेको श्री माध्यामिक विद्यालयमा स्मार्ट कक्षा संचालनमा

भक्ति राम घिमिरे, कपिलवस्तु ।
जिल्लाको बुद्धभुमी नगरपालिका वडा नंबर ९ मा रहेको श्री माध्यामिक विद्यालयमा ‘स्मार्ट कक्षा’ संचालनमा आएका छन् । बुद्धभूमि नगरपालिका–९ इमिलियामा रहेको श्री माध्यामिक विद्यालयमा स्मार्ट कक्षा संचालनमा आएको हो ।

सोमबार लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थिले एक कार्यक्रमका विच स्मार्ट कक्षाको अवलोकन गर्नुभयो । कक्षा अवलोकनमा सांसद पन्थिले स्मार्ट कक्षा अध्यापनबाट विद्यार्थी आर्कर्षित हुने बताउनु  ।

श्री माध्यामिक विद्यालयका प्रधानाध्यापक खगेस्वर खनालले स्मार्ट कक्षा डिजिटल विधीबाट शिक्षण गर्ने बताउनु भयो। खनालका अनुसार हाल नौ वटा कक्षा स्मार्ट कक्षा संचालन गरिएको बताउनु भयो । उहाँका अनुसार अडियो, भिडियोका विधीबाट पढाई गराईने छ । ‘यस विधिबाट विद्यार्थी सिकाईप्रति उत्प्रेरित हुन्छन, ‘उहाँले भन्नु भयो, ‘सिकाई प्रभावकारी हुने भएकाले शैक्षिक गुणस्तरबृद्धि हुनेछ ।’

प्रअ खनालले विद्यालयमा अंग्रेजी माध्यामबाट समेत पढाई संचालन गरिएको बताउनु भयो । एक वर्ष भित्रै सबै कक्षामा समेत स्मार्ट कक्षा संचालन गरिने खनालले बताए । कार्यक्रममा शिक्षक, अभिभावक, जनप्रतिनिधी व्यवस्थापन समिति लगायतको सहभागिता रहेको थियो ।