शुक्रबार, अशोज १, २०७८

माओवादी केन्द्र शितगंगा -६ को वडा भेला सम्पन्न, संयोजकमा ढुन वहादुर गाहा

विक्रम आचार्य, शितगंगा ।

अर्घाखाँचीको शितगंगा – ६ मा माओवादी केन्द्रको देवलाल भुसालको अध्यक्ष्यतामा वसेको वडा भेलाले ढुन बहादुर गाहाको अध्यक्ष्यतामा २१सदस्यिय वडा कमिटि गठन गरेको छ ।

जसको उपाध्यक्षमा दिनेश भुसाल, सचिबमा कुलराज न्यौपाने, सहसचिबमा मुकुन्द पौडेल, कोषाध्यक्षमा सुमित्रा पाण्डे रहनु भएको नगर कमिटी सहसचिब भुपाल सारुले जानाकारी गराउनु भयो ।

कार्यक्रम लुम्विनी प्रदेश कमिटि सदस्य छ्मकुमारी खनाल (चिनारी) को प्रमुख आथिथ्यता जिल्ला कमिटी सदस्य मणि अधिकारी तथा वाईसियल जिल्ला इन्चार्ज कृष्ण सारुको विशेश आथिथ्यता र नगर कमिटी सह सचिव भुपाल सारुको सन्चालनमा सम्पन्न भएको थियो ।