शुक्रबार, अशोज १, २०७८

माध्यमिक विद्यालय ईमिलियाका शिक्षक शिक्षिकालाई ल्याप्टप वितरण

भक्ति राम घिमिरे, कपिलवस्तु ।

शिक्षकहरुलाई प्रविधीसँग जोड्ने उदेश्यले बुद्धभूमि नगरपालिका वडा नम्बर – ९ मा रहेको श्री माध्यामिक विद्यालयका शिक्षक शिक्षिकालाई ल्यापटप वितरण गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २५ लाख बजेटबाट २४ थान र मौजुदा ७ थान गरि ३१ ल्यापटप वितरण गरिएको छ । हामी सबैको प्रण, सार्बजनिक शिक्षा प्रणालीको सबलीकरण भन्ने नारा सहित एक शिक्षक, एक ल्यापटप कार्यक्रमको शुरुवात गरेको हो ।

अहिले पहिलो चरणमा पच्चीस लाख प्राप्तगरि बिद्यालयका २९ शिक्षक शिक्षिकालाई ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खगेश्वर खनालले बताउनु भयो ।  प्रअ खनालले बिद्यालयमा यस्ता कार्यक्रमले थप उर्जा मिलेको बताउनु भयो ।

प्रविधीसँग जोड्न ल्यापटप वितरण सहित तालिम प्रदान गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थिले बताउनुभयो । सांसद पन्थिले कपिलवस्तु जिल्लाकै नमुना बिद्यालयको परिचय दिएको बिद्यालयलाई नेपालकै नमुना बनाउनु पर्ने भन्दै आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बिद्यालयकी साहायक प्रअ मिना बेलबासेले बिद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागी र प्रविधि मैत्री बनाउनको लागी ल्यापटपले ठुलो सहायता गर्ने भन्दै सहि तरिकाले प्रयोग गर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथी जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, बुद्धभूमि नगरपालिका शिक्षाशाखा प्रमुख कृष्ण भट्टाराई, बुद्धभुमी नगरपालिका -९ का वडा अध्यक्ष खुमानन्द न्यौपाने, बिद्यालयका सस्थापक सेर बहादुर जिसी, रेस्मी राज अधिकारी, चुरामणि पोख्रेल राजेन्द्र आचार्य, देवी बेलबासे, खेमराज भट्टराई, लगायत स्थानीय समाजसेवी बुद्दिजिबि हरुको उपस्थिती रहेको थियो ।

 

पुर्व प्रअ तथा वरिस्ठ शिक्षक टिकाराम पन्थीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन शिक्षक गणेश पौडेलले गर्नु भएको थियो ।