शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

 

सिन्धुपालचोक । हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ। पाँचौ गाउँसभाबाट २० लाख बजेट छुट्याएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ ।

एकल पुरुष र महिला दुबैलाई दर्ताका लागि सूचना जारी गरिसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए। ‘पुरुष र महिलालाई व्यावहारिक रूपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौँ, उनले भने। स्थलगत अनुगमनमा एकल महिला र पुरुषको उस्तै अवस्था देखिएपछि जनप्रतिनिधिबीचको छलफलबाट यो निर्णय गरिएको उनले बताए ।

झन्डै १८ हजार जनसंख्या भएको गाउँपालिकामा हेलम्बु, किउल, पाल्चोक, इचोक र महांकाल गरी ७ वडा छन्। एकल महिलासंगै पुरुषको अवस्था दुखलाग्दो देखिएपछि पुरुषलायृ पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौं,’ उनले भने । एक जनालाई ५ सय रुपैयाँ दिने व्यवस्था गरेको छ।

हयोल्मो समुदायको पुरानो बस्ती किउलको शेर्माथान, तेम्बाथान, घ्याङ्ल, तार्केघ्याङ, मेलम्चीघ्याङजस्ता दजनौं स्थानमा वृद्धवृद्धाको बाक्लो उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ। मेलम्ची नगर र पाँचपोखरी थाङपाल गाउँपालिकासंग जोडिएको हेलम्बुले एकल पुरुष र महिलाको अबस्थाबारे अध्ययन गर्दै नँया अभियान ल्याउन लागेको हेलम्बु वडा ३ का अध्यक्ष छिरिङ लामाले बताए।

‘गाउँपालिका प्रमुखसँग समन्वय गरेर सात वटै वडाका जनप्रतिनिधि बसेर यसबारे व्यापक छलफल गरिरहेका छौं,’ उनले भने। यो समाचार अजाको कान्तिपुर दैनिकमा प्रकाशित छ ।