शुक्रबार, अशोज १, २०७८

कांग्रेसकाे शितगंगा नगर सभापतिमा नारायणसिंह बेल्बासेकाे नाम चर्चामा

बिक्रम अचार्य, राताे प्रेस संवाददाता ।

नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व लिने रणनीति तयारी हुँदै गईरहेको छ । यस समयमा अर्घाखाँची जिल्लाको शितगंगा नगर समितिको सभापति पदमा युबा नेता नारायणसिहं बेल्वासेले पनि आफ्नो उम्मेदवारी रहेको रातो प्रेसलाई बताएका छन ।

नेपाली काङ्ग्रेस शितगंगा नगरको भावी नेतृत्वका लागि आफ्नो उम्मेदवारी दाबि गर्दै आफु कुनै गुट उपगुटबाट उम्मेदवारी नदिएको र आफु सर्वसम्मत रूपमा निर्वाचित हुने उनले दाबी गरे । साथै वडा देखि केन्द्र सम्म र्सवसम्मत रुपमा नेतृत्व चयन हुने कुरामा आफु विश्वस्त रहेको वेल्वासेको भनाई छ ।

नेपाली काङ्ग्रेस विभिन्न भातृ संगठन जसमा विद्यार्थी सङ्घ ज्योति मावि इकाई अध्यक्ष (२०४७ – ०४८ ), साथै जिल्ला कार्यसमितिको कार्यलय सचिब (२०५१ – ०५५ ), लुम्बिनी सुगर मिल सस्थानमा (२०५५ -०५८), नेपाल विद्युत प्राधिकरण (२०५८-०६३), सरकारी सेबा ८ बर्ष गर्दै १३ औ महाधिवेसन पछि क्षेत्रीय प्रतिनिधि हुदै जिल्ला संगठन बिभाग सदस्य भै पार्टीमा निरन्तर जिम्मेवारीपुर्वक काम गरेको बताए ।

विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका वेल्वासेले जिल्लामा सालिन, भद्र र बौद्धिक युवा नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन । हरेक ५ वर्षमा महाधिवेशन आउने र अहिलेको महाधिवेशनमार्फत देशब्यापी रूपमा युबाले नेतृत्व लिई मुलुकलाई अत्याधुनिक बैज्ञानिक नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा क्रियाशिल रहेको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवर्द्धन गर्नुपर्ने उनले बताए । उनले शितगंगाको सामाजिक निर्माण संग संगै सामाजिक बिकाशको लागि सिचाई , विद्युत , खानेपानी , सडक, पर्यटन, नदि नियन्त्रण , डमरु दह संरक्षण जस्ता सामाजिक विकाशको क्षेत्रमा योगदान पुर्यायका छ्न ।

पार्टीका विभिन्न भातृ संगठनलाई अत्याधुनिक बैज्ञानिक रुपमा संचालन गर्नुपर्ने पहिलो मुख्य एजेण्डा भएको र संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेन्डा हो पार्टीका पक्तिलाई प्रशिक्षित र प्रभावशाली बनाउने, शितगंगा नगरपालीकासंग समन्वय गर्दै शिक्षा स्वास्थ र रोजगारीलाई प्राथमिकतामा राख्ने नेपाली कांग्रेसले देशको यथार्थलाई बुझेको र अब युवा पुस्ताले नेतृत्व लिनुपर्ने भएको कारण आफू राजनितीमा होमिएको बताए । नेपाली कांग्रेसलाई स्थापित गर्ने युवाको नितान्त आवश्यकता भएकोले आफु अघि बढेको उनले बताए ।