मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

अबिरल बर्षासंगै आएको हावा हुरीले मकै बालिमा क्षति पुर्‍याउँदा शितगंगाका किसानहरू चिन्तित

अर्घाखाँची जिल्ला शितगंगाका किसानले लगाएको मकै बालीमा गए रातिदेखि अबिरल वर्षासंगै आएको हावा हुरीले क्षती पुर्‍याएको छ । धान सुत्लो गर्ने अवस्थामा पुगेको मकैमा हावाले क्षति पुर्‍यापछी किसानहरु मारमा परेका हुन ।

गाँउको मुख्य बालीको रुपमा रहेको मकै विनाशकारी हाबाले मकै सोत्तर भयपछी किसानहरु चिन्तित हुन थालेका छन । दुई पटक गोडी सकेको मकै हावा हुरीले सखाप बनाएको रातिमा जङ्गलबाट बदेलको आतंकबाट रातभर जागराम बसेर जोगाएको मकैमा क्षती भएको शितगंगा -६ का किसान लेख बहादुर आचार्य र सरिता सापकोटाले रातो प्रेसलाई बताए ।

शितगंगाका वडामा अधिकांश किसानले लगाएको मकैमा हावा हुरीले नोक्सान पुर्‍याएको किसानको भनाई रहेको छ ।