शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -६ द्वारा किसानलाई मिनि टिलर वितरण

बिक्रम आर्चाय, शितगंगा ।

शितगंगा नगरपालिका वडा नं. ६ ले कृषिलाई व्यवसायिक यान्त्रिकीकरण तथा आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई मिनि टिलर (हाते ट्याक्टर) वितरण गरेको छ ।

यस अघि कृषकहरूलाई आलुको बिउ, मौरी पालन तालिम गरि सकिएको वडा सचिव हिमलाल भुसालले जानकारी गराउनु भयो ।

वडाले आर्थिक वर्ष २०७७/०७८ को कृषि तर्फको विनियोजित बजेटबाट विभिन्न कृषक समूहरुलाई मिनि टिलर (हाते ट्याक्टर) वितरण गरेको हो ।

परम्परागत रूपमा गरिँदै आएको कृषि प्रणालीको विकास गर्ने वडा नं. ६ को को रत्ने खेला, गोबाङ खोला, अमिलि खोला बङ्सारी खोला, आपैचार लगायत धेरै ठाउमा खेति योग्य जमिन बाजो रहेकोले सबै बाजा खेत बारी जोतेर उत्पादन मुलक बनोस भन्ने उद्देश्यले कृषकहरूलाई मिनि टिलर वितरण गरेको वडाध्यक्ष ऋषि रेश्मीले बताउनु भयो ।
शितगंगा नगरपालिका वडा नं. ६ का विभिन्न ६ वटा कृषक समूह तथा कृषि फमहरूलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर ( हाते ट्याक्टर)वितरण गरेको हो । व्यवसायिक तथा बेमौसमी तरकारी खेती गर्न कृषक समूहलाई खेत जोत्न, तरकारी तथा फलफूल लगाउनका लागि हाते ट्याक्टर प्रभावकारी हुने भएकाले हाते ट्याक्टर वितरण गरिएको वडा नं.६ का वडाध्यक्ष ऋषि रेश्मीले रातो प्रेसलाई बताउनु भयो ।

सहज रुपमा खेतीपाती लगाउन सजिलो होस् भन्ने सन्दर्भले वडामा रहेका कृषक समूहहरुलाई हाते ट्याक्टर वितरण गरेको वडा अध्यक्ष रेश्मीको भनाई छ ।

मिनि टिलर पाउने कृषक समूहहरुमा गल्डुङ, चिसापानी, ठुलाढुङ्ग्रे, कल्लेरी, खमारीमा रहेका ६ वटा कृषक समूह तथा कृषि फमहरु रहेका छन् ।

मिनि टिलर पाउदा खुसि लागेको कृषि गर्दा मकैमा गवौरो किरो, फौजि किरा लाग्ने, अन्य बालीमा पनि समस्या हुने हुदा कृषि भेटेनरी तथा कृषि सम्वन्धी बिसेषज्ञ नहुदा समस्या भयको कृषक प्रकाश आचार्यले बताउनु भयो ।

वडाले कृषिलाई आधुनिकिकरण तथा यान्त्रिकरण गर्दै व्यवसायिक र बजारीकरण समेत गर्ने लक्ष्य लिएको छ ।