शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

विभिन्न माग गर्दै अर्घाखाँचीका शिक्षकहरु धर्नामा

अर्घाखाँची । विभिन्न मागहरु राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ वटै स्थानीय तहमा शिक्षकहरूले धर्ना दिएका छन ।

जसमा सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालरानी गाउँपालिका र पाणिनि गाउपालिकामा शिक्षकले तीन घण्टा धर्ना दिएका हुन । धर्नामा पेशागत संघ संगठनले ऐक्यबद्धता जनाउदै धर्ना शिक्षक नेता सहभागी भएका छन् ।

शिक्षक महासंघसग आबद्ध घटको एकीकृत अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष मानबहादुर पाण्डेका अनुसार संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग गरिएको छ । खोप बिना स्कुलमा पठनपाठन गर्न जोखिम भएकाले शिक्षक, कर्मचारी र विद्यार्थीलाई खोप लगाइदिन सरकारसँग मागे धर्ना दिएका हुन । विद्यालयमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक सहभागी हुँदा कोरोना संक्रमण फैलिने डर भएकाले स्कुल सञ्चालन गर्नुपूर्व कोभिड विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने माग रहेका छन् ।

समयबद्ध शिक्षकको बढुवा हुनुपर्ने, कर्मचारी तथा बालविकास सहयोगीको तलब बृद्धि, उच्च स्तरीया शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक सहित ३४ सुत्रीय मागहरु रहेको पाण्डेले बताए ।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षक/सहयोगीको मासिक तलब १५ हजार रुपैयाँको घोषणा गरेका थिए ।

तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेट विनियोजनमा रकम छुट्टाएका छैनन् ।