आइतवार, माघ ५, २०७६

शितगंगाका शिक्षक कर्मचारीहरुले साउन देखिको तलब अहिले सम्म पाएनन

गणेश बेल्बासे संगम, अर्घाखाँची ।

यस हप्ता भित्र नगरमा प्रमुख प्रशासकिय अधिकृत नपुगे शिक्षक कर्मचारीहरुले दशैं अघि तलव सुविधा नपाउने भएका छन् ।

 

शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारीले नगरमा एक हप्ता भित्र प्रमुख प्रशासकिय अधिकृत नआए शिक्षक कर्मचारीहरुलाई तलव सुविधा उपलब्ध गराउन नसकिने बताएका हुन् । रातो प्रेसका प्रधान सम्पादकसँग  बोल्दै उनीहरुले सो कुरा बताएका हुन् ।

देशमा तीन तहमा कर्मचारी समायोजन भएपनि शितगंगा नगरपालिकामा दशैको मुखैमा प्रमुख प्रशासकिय अधिकृत सरुवा हुदां नगरपालिकाका विभिन्न कार्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले दशै अघि तलब नपाउने भए पछि गुनासो पोखेका छन् । तलब नपाउने संकेत देखिए पछि नेपालीहरूको महान पर्व दशैको मुखैमा शिक्षक-कर्मचारीहरुमा निरासा छाएको छ ।

शितगंगा नगरपालिकामा कार्यरत शिक्षक-कर्मचारीको गुनासो आएपछि फोन सम्पर्क मार्फत तलब भत्ताका विषयमा जानकारी लिदाँ शितगंगा नगरप्रमुख सूर्य प्रसाद अधिकारीको भनाई अनुसार प्रमुख प्रशासकिय अधिकृत असोज १ गते रमना लिई सकेपछि असोज ५ गते शिक्षकको माग फारम ढिलो पेश हुदाँ शिक्षकहरूको तलब निकासा गर्न नसकिएको बताए । त्यस्तै शिक्षकहरूको तलब निकासा नभएपछि अरू कर्मचारीहरुको समेत तलब रोकिएको बताए । सबैलाई एकैपटक तलब खुवाउनको लागि सात दिन अघि अर्को प्रशासकिय अधिकृतलाई अक्तियारी दिई शिक्षा अधिकृत बाबुराम बरालको लागि मन्त्रालयमा निवेदन लेखेर पठाएको भए पनि मन्त्रालयले निर्णय नगरदिँदा यस्तो स्थिती आएको उनले बताए । साथै नगरका लागि अर्को प्रशासकिय अधिकृतको लागि निवेदन गर्दा हालसम्म पनि नगरमा सिफारिस भई नआएको जनाउँदै दशैं अघि शिक्षक कर्मचारीहरुले तलब नपाउने निश्चित रहेको नगर प्रमुख अधिकारीले बताएका छन् ।

शितगंगामा रहेका विद्यालय तथा विभिन्न कार्यालयका शिक्षक-कर्मचारीहरुले चालु आर्थिक बर्षको साउन देखिको तलब नपाएका हुन् ।