शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

जिल्ला समन्वय समिती अर्घाखाँचीका उपप्रमुख पुलामीद्वारा सिद्धारावासीलाई शुभकामना व्यक्त

जिल्ला समन्वय समिती अर्घाखाँचीका उपप्रमुख ऋषि बहादुर पुलामीले सिद्धाराबासी लाई शुभकामना व्यक्त गर्नुु भएको छ । सामाजिक संजाल मार्फत पोस्ट गर्दै उहाँले  शुभकामना व्यक्त गर्नु भएको हो ।

 

उहाँको शुभकामनामा “यहि मिति असाैज ११ गते शितगङगा ९र१० मा हुने बिधुत उदघाटन कार्यक्रम काे भब्य सफलताकाे कामना गर्दछु । शारिरिक अस्वस्थ्यताका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ छु । समिति र सम्पुर्ण उपभाेक्ता मित्रहरु धन्यबादका पात्र बन्नु भयकाे छ, म दिलै देखि धन्यबाद यस अर्थमा दिन चाहान्छु कि यहाँहरुकाे ठुलाे सङघर्षबाट यहाँ यति छिटै बत्ती बाल्न सफल भयका हाैँ । खैर ढिलाे ढिलेा बत्ति बल्थ्याे हाेला तर यश क्षेत्रका उपभोक्ता हरु जिल्ला, नगरमा धाइ ज्ञापन पत्र बुझाउने कार्य पनि याे उपलब्धिकाे अङ्ग बनेकाे हाे।याे कार्यलाई अगाडि बढाउन मार्गनिर्देशन दिदै अाफ्नाे तर्फबाट ठुलाे भुमिका खेल्दै सहयाेग पुराउनु हुने नेपाल बिधुतप्राधिकरण अर्घाखाँची बितरणकेन्द्रका कार्यालय प्रमुख पनि धन्यबादकाे पात्र बाट अछुताे हुनुहुन्न । यसै गरि शितगङगा नगरपालिका पनि सफलकार्यकाे अभिन्न अङ्ग बनेकाे छ । यश कार्य सन्चालानार्थ शितगङगा-९ तल्ला सिध्दारा निबासि जल्दाे बल्दाे युवा गाेबिन्द रसाईलि भाइकाे अग्रताकाे पहिचानले शिखर चुम्दै जाअाेस । तिब्र बिकासकाे निम्ति अाम उपभाेक्ताकाे सक्रिय सहभागिताकाे अाबस्यक हुदाेरहेछ भन्ने मानशिकता यहाँकाउपभाेक्ताहरुकाे मनमष्तिष्कमा घुसेकाे महशुस मैले लियकाे छु । अागामि दिनमा यहाँ हरुकाे सक्रिय सहभागिता रहदै जाँदा सँघियताकाे मर्म गाउँ, नगर हुँदै राष्ट्र समृद्दी हुने अाशा लियकाे छु अन्तमा कार्यसन्चालन प्रकि्यामा सहभागि सबैलाई धन्यबाद,कार्यक्रम काे पुर्ण सफलताकाे कामना सहित विजयादशमी तथा दिपावलीकाे अग्रिम शुभकामना ।”