शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा नगरपालिका -८ को वडा परिषद सम्पन्न

छबिलाल कडेल, लाहापे ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ८ को वडा परिषद आज सम्पन्न भएको छ ।

परिषदबाट आगामी ०७८/७९ मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिने भएको छ ।

यस्तै सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता राखिने वडा सचिव मिना पन्थिले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका तर्फबाट प्रकाश जबरा, नेपाली कांग्रेसका तर्फबाट श्रीराम गिरि, माओवादी केन्द्रका तर्फबाट लक्षुमण सुनार, यकता युबा कल्बका अध्यक्ष लछ्मी कुमाल, रातो प्रेसका प्रतिनिधी छविलाल कडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वस्ती स्तरीय योजना छनौटका क्रममा जनताका गुनासो सहितका सल्लाह, सुझावका क्रममा बोल्ने अधिकांश वक्ताहरुले अब आगामी योजनाहरुमा यसपल्ट सडकको स्तरोन्नित, ढलनिकास, खानेपानी, खेलकुद, मन्दिरहरुको स्तरोन्नति, अस्थायी प्रहरी चौकी सातमाराको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।

कार्यक्रममा वडाका प्रतिनिधी, पार्टीका प्रतिनिधी, विभिन्न टोलका टोल प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक, पत्रकार, समाजसेवी, सुरक्षाका प्रतिनिधि बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूको विभिन्न गुनासा, सल्लाह, सुझावहरूको जवाफ दिदै वडा अध्यक्ष रुक बहादुर आलेले आगामी योजनामा दिर्घकालिन तथा दिगो बिकास हुने खालका योजनामा जोड दिने बताउनु भयो । प्रमुख प्राथमिकता सडक, कृषि, पशु, शिक्षा, स्वास्थमा जोड दिने उहाँको भनाई रहेको छ ।

खुला सत्रको कार्यक्रम वडा अध्यक्ष रुक बहादुर आलेको अध्यक्षता र वडा सचिव मिना पन्थिको संचालनमा सम्पन्न भएको थियो ।

सबैका सल्लाह सुझावलाई मनन गरी बन्दसत्रको बैठकबाट प्राथमिकताका आधारमा योजना तर्जुमा गर्ने वडा अध्यक्ष आलेले बताउनु भयो । बन्द सत्रपछि योजना तर्जुमा गरी सार्वजनिक गरिने भनाइ व्यक्त गर्नुभयो ।