बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा नगरपालिका ७ को वडा बजेट विनियोजन सम्पन्न

विक्रम आचार्य, शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ७ को वडाको बजेट विनियोजन कार्यक्रम आज सम्पन्न भएको छ।

आर्थिक बर्षप ०७८/७९ मा कृषि पशुपालन शिक्षा स्वास्थ्यलाई बिषेश प्राथमिकतामा राखेको र भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई बहुआयामिक तरिकाले प्राथामिकतामा राखिने भएको छ ।

यस्तै सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता राखिने वडा सचिव प्रदिप महतले बताउनुभयो ।

वस्ती स्तरीय योजना छनौटका क्रममा जनताका गुनासो सहितका सल्लाह, सुझावमा अधिकांशले अब आगामी योजनाहरुमा यसपल्ट सडकको स्तरोन्नित, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनलाई प्राथमिकता दिन सुझाव दियको वडा अध्यक्ष्य महन पन्थीले बताए ।

वडा अध्यक्ष पन्थीले आगामी योजनामा दिर्घकालिन खालका योजनामा जोड दिने बताउनु भयो । प्रमुख प्राथमिकता कृषि, पशु, शिक्षा, स्वास्थमा जोड दिने उहाँको भनाई रहेको छ ।

खुला सत्र कोभिडको कारण गर्न नसकियता पनि सबै क्षेत्रको शुझाव ग्रहण गर्दै बजेट विनियोजन गरेको अध्यक्ष्य पन्थीले रातो प्रेसलाई जानाकारी गराए । कार्यक्रम वडा अध्यक्ष महन पन्थीको अध्यक्षता र वडा सचिव प्रदिप महतको संचालनमा सम्पन्न भएको थियो ।