आइतवार, साउन १७, २०७८

काठमाडौं उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । उपत्यकामा यसअघि थप गरिएको निषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ ।

यसैबीच उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरु एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जानकारी गराएका हुन् ।