मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

देशका ३२ जिल्लामा सञ्चालनमा आउने भयो ‘फोरजी’

काठमाडौं । नेपाल टेलिकमले देशका मुख्यमुख्य सहर र सदरमुकामका ग्राहकलाई यो दसैंमा उपहारस्वरूप फोरजी सेवा दिने तयारी गरेको छ। चौथो पुस्ताको मोबाइल सेवा विस्तारलाई तीव्रता दिएको कम्पनीले दसैंसम्ममा देशका ३२ जिल्लाका मुख्यमुख्य स्थानमा सेवा पुर्याउने जनाएको छ। कम्पनीले आगामी माघभित्र देशभर फोरजी सेवा पुऱ्याउने लक्ष्यअनुरूप काम गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

पहिलोपटक २०७३ पुसबाट परीक्षणका लागि काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको टेलकमले गत माघदेखि देशभर विस्तारको काम अघि बढाएको थियो। ‘अहिलेसम्म विस्तारको काम कीर नेटवर्कतिर ८० र रेडियो एक्सेस नेटवर्क (यान) तिर ५० प्रतिशत सम्पन्न भएको छ,’ वैद्यले भनिन यो नयाँ पुस्ताको प्रविधि भएकोले त्यसको अनुभव लिनको लागि टेलिकमका ग्राहक आतुर रहेको पाएका छौं, लक्षित समयमै काम सम्पन्न गर्न खटिरहेका छौं ।’ उनले अहिले देशका विभिन्न स्थानमा काम सम्पन्न भई परीक्षण भइरहेको बताइन् । ग्रामीण क्षेत्रमा डाटामार्फत इन्टरनेट सेवा लिने संख्या बढ्दै गएकोले यसको प्रभावकारिता झनै बढी हुने वैद्यको भनाइ छ।

टजी. थ्रिजीको तुलनामा यसको स्पिड बढी हुने हुनाले दुत सेवा। लिन चाहने सेवाग्राहीका लागि यो राम्रो विकल्प हुने उनको भनाइ छ। आफ्ना सेवाहरू प्रभावकारी बनाएको टेलिकमले दाबी। गरे पनि बेलाबेलामा गुणस्तरबारे गुनासा आउने गरेका छन्। ‘कहिलेकही समस्या आउँछ, नेटवर्क विस्तार  निरन्तर प्रक्रिया हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।