आइतवार, साउन १७, २०७८

मेरै नेतृत्वमा कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउछु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले अब आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने बताएका छन् ।

 

भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको भोलिपल्ट शनिबार सभापति देउवाले आफूनिकट नेताहरुसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् ।

 

देउवाको भनाई तात्पर्य उनी पुनः सभापतिमा दोहोरिने चाहेका छन् । र, त्यहीँ छलफल गर्न देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन् ।