आइतवार, साउन १७, २०७८

आयरल्याण्ड र डेनमार्कद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग गरिएको सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटरलगायत छन् । स्वास्थ्य सामग्रि बुझ्दै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्रीको उचित प्रयोग गरिने प्रतिवद्धता जनाए ।