आइतवार, साउन १७, २०७८

उत्तर कोरियामा एक किलो केराको मूल्य ४५ डलर

banana

एजेन्सी । उत्तर कोरियामा एक किलो केराको मूल्य ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ ।

दक्षिण कोरियाली संस्था एनकेन्युजका अुनसार सीमानाकाबाट दैनिक उपभोग्य सामग्रीहरु नभित्रिएपछि महंगी बढेको हो ।

केरा, स्याम्पुसँगै तेल, टुथपेस्टको मूल्य पनि अत्यधिक वृद्धि भएको छ । कोरोना महामारीका कारण उत्तर कोरियामा फलफूल तथा स्वास्थ्य सामग्रीको मूल्य उच्च रहेको बताइएको छ ।

पछिल्लो समय उत्तर कोरियामा अत्यधिक महँगी बढेको छ । तैपनि यस विषयमा उत्तर कोरियाले संकटबारे बाहिर सूचना चुहाउन नदिएको बताइएको छ ।