आइतवार, साउन १७, २०७८

मुलुकभर २ हजार ७ सय ६८ जना नयाँ संक्रमित थपिए

कोरोना पुष्टि corona update

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ०३७ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९६३ जना र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४४ संक्रमितको मृत्यु भएको छ ।