बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

राप्तीनदी र सिलिङ्गखोलाको दोबानमा एक युवकको शव फेला

घनु गाहा (रातो प्रेस), ठाडा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ सिलिङ्ग दुमैमा एक युवकको शव फेला परेको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ सिलिङ्गखोला दुमै किनारामा नाम थर बतन नखुलेको अन्दाजी २५/ २६ बर्ष जस्तो देखिने युवकको शव फेला परेको स्थाई प्रहरी चौकी सातमाराका ईन्चार्ज देव बहादुर केसीले बताउनु भयो ।

अस्थाई प्रहरी चौकी सातमाराको टोलीले जाँच प्रकृति मुचुल्का गरी लाश पोष्टमार्टमका लागी युवकको शवलाई दाङको लमाही पठाईएको र घटना बारे थप अनुसन्धान भईरहेको अस्थाई प्रहरी चौकी सातमाराले जानकारी दिएको छ ।