मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

बाणगंगा नदिको बाढीले भत्कायो बनगाई-कोपवा जोड्ने कजवे

तिन दिन देखिको लगातारको वर्षातका कारण कपिलवस्तुको बाणगंगा नदिमा आएको बाढीले बनगाई कोपवा जोड्ने कजवे भत्काएको छ ।


चार वर्षअघि केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि. कन्टक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको सो कजवे मर्मतमा स्थानिय निकायको समयमै ध्यान नपुग्दा क्षेती भएको स्थानियले बताएका छन् ।

एक वर्ष अघिदेखि कजवेको साईड र जगभन्दा तलबाट पानी बग्दै आएको भएतापनी सम्बन्धित निकायले समयमै सामान्य मर्मत नगरि वेवास्ता गर्दा क्षती भएको हो ।

बाणगंगा नगरपालिकाले गत २ महिना अगाडी मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई कोपवा कजवे नजिकैबाट ठेक्का दिदा अनियन्त्रित उत्खन्नले पनी कजवे भत्किएको स्थानियबासीले बताएका छन ।

अहिले सो क्षेत्रमा आवतजावत समेत बन्द भएको छ । – लुम्बिनी दर्पण अनलाईनबाट