मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

उद्धार र राहतको काममा लाग्न सरकारलाई प्रतिपक्ष दलको आग्रह

काठमाण्डौ । प्रतिपक्ष दल नेपाली कांग्रेस र माओवादी केन्द्रले उद्धार र राहतको काममा लाग्न सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसले सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, कास्की, गोरखालगायतका विभिन्न जिल्लामा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा उद्धार र राहतको काम गर्न सरकारलाई आग्रह गरेको हो ।

सभापति शेरबहादुर देउवाले बिहान विज्ञप्ति निकालेर तीन वटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न अपील समेत गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल राहत तथा उद्धार कार्यमा जुट्न सरकारलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै पार्टी कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारमा जुट्न निर्देशन दिनुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले पनि बाढीरपहिरो प्रभावित क्षेत्रमा उद्धारसहित पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।