आइतवार, साउन १७, २०७८

पछिल्लो २४ घन्टामा २८ सय २८ मा संक्रमण, ३ हजार ८२ जना संक्रमणमुक्त

कोरोना पुष्टि corona update

पछिल्लो २४ घन्टामा २८ सय २८ जना कोरोना भाइरस (कोभि‍ड-१९)संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार २२ नमूनामा  २८ सय २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२  जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट ५२ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ। मन्त्रालयका अनुसार ४३ जिल्लामा संक्रमितको संख्या ५ सय बढी छ।