मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रदेश र जिल्लाको प्रहरी नेतृत्वमा फेरबदलको तयारी

नेपाल प्रहरीको प्रदेश र केही जिल्लाका नेतृत्व फेरबदलको तयारी थालिएको छ । प्रदेश र जिल्लामा एक वर्ष अवधि पूरा भएका अधिकृतहरुको सरुवा गर्ने प्रक्रिया थालिएको हो ।

गृह मन्त्रालयले प्रदेशमा सुरक्षा प्रमुखहरु खटाएको १२ महीना पुगिसक्दा पनि सरुवा हुन सकेको छैन । ८ वैशाख २०७७ मा सरुवा भएर प्रदेश गएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु हालसम्म प्रदेशमै कार्यरत छन् ।

सामान्य अवस्थामा एक वर्षमा प्रहरी अधिकारीहरुको सरुवा गर्ने व्यवस्था छ । कार्यसम्पादनमा समस्या देखिए त्यसअगावै पनि प्रहरीको सरुवा हुने गरेको छ । उनीहरुको सरुवा प्रक्रिया थालिएको गृह मन्त्रालय स्रोतले बतायो । यसपछि क्रमशः प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्म हुने स्रोतको भनाइ छ ।