आइतवार, साउन १७, २०७८

मुलुकभर २,९१८ जना नयाँ संक्रमित थपिए

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ३८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५३ संक्रमितको मृत्यु भएको छ ।