मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीमा पुनः असार ७ गतेसम्म निषेधाज्ञा थपियो

अर्घाखाँची । अर्घाखाँची जिल्लामा पाँचौ पटक पुन: असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ।
अर्घाखाँची जिल्लामा पाँचौ पटक आजदेखि असार ७ गते सोमबार राती १२ बजेसम्म केही परिमार्जनसहित निषेधाज्ञा थपिएको हो ।
साथै निषेधाज्ञा केही खुकुलो गरिएको छ । अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ५ बजेदेखि दिउसो १ बजेसम्म खोल्न दिईने भएको छ ।  यस्तै बैंक तथा वित्तीय संस्थाहरु मापदण्ड पालना गरेर न्युनतम कर्मचारी राखि खोल्न दिईने भएको छ ।
डिसिसिएमसी अर्घाखाँचीको सम्पन्न बैठक अनुसार खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल व्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य – किराना पसलहरू, कृषि भेटेनरी पसलहरू,  निर्माण सामग्रीका पसलहरू, वर्कसप मात्र जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न  दिईने भएको छ । साथै अतिरिक्त तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ लगायतका खाद्य वस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा नपर्ने जनाइएको छ ।
यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिएकाे छ ।