शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रधानमन्त्रीद्वारा लिक्विड अक्सिजन प्लान्टको शिलान्यास, ‘प्लान्ट स्थापना असाधारण खुसीकाे विषय’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो (लिक्विड) तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै उहाँले कोभिड –१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभाव बेहाेरेकाे उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो ।

दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।