शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै

काठमाडौँ । आज सरकारले आर्थिक वर्ष ०७८/७९ को वार्षिक अनुमानित बजेट सार्वजनिक गर्दैछ ।

कोरोना महामारी (कोभिड–१९) सङ्क्रमणलाइ नियन्त्रण गर्न र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट अध्यादेशमार्फत ल्याउन लागिएकाे बताइएकाे छ । विज्ञहरूले भने संसद नरहेकाे र चुनाव घाेषणा भएकाे अवस्थामा पूर्ण बजेट ल्याउन नहुने, कामचलाउ र चुनावी बजेट ल्याउनुपर्ने सुझाव दिइरहेका छन् । तर अर्थमन्त्री विष्णु पाैडेलले भने पूर्ण बजेट नै ल्याउने तयारी गरिरहेकाे बताइएकाे छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै  बजेट  सार्वजनिक गर्नुपर्ने हुन्छ । यसपाली पनि आज जेठ १५ मा नै बजेट सार्वजनिक हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारबाट दिउँसो ४ बजे अर्थमन्त्री पौडेलले भर्चुअल माध्यमबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।