शुक्रबार, असार ४, २०७८

शितगंगा -१३ को मुसिवानमा विद्युत बलेसंगै स्थानियको मुहारमा छायो उज्यालो

ऋषी विश्वकर्मा, रातो प्रेस संवाददाता ।

आजबाट शितगंगा नगरपालिका वडा नं. १३ मुसिवान विद्युतिकरणमा जोडिएको छ । विगत लामो समयदेखी विद्युतिकरणको प्रतीक्षामा रगेका मुसिवान बासी आज विद्युत प्राधिकरणका कर्मचारीले गरेको ट्रान्सर्फमर परिक्षण सफल भएसङ्गै स्थानीय हर्सित भएका छन ।

 

बिगत २ बर्ष अघिनै पोल गाडेर तार तानेर तयारी अबस्थामा थियो तर ट्रान्सर्फमर जोडन ढिला भएको कारण काम रोकिएको थियो जस्ले गर्दा जनताहरु निरास भैसकेका थिए । स्थानीय जनप्रतिनिधि र प्राधिकरणका कर्मचारीको सक्रियतामा ट्रान्सर्फमर चार्ज भएर बत्ती बलेसङ्गै जनतामा बत्ती जस्तै मुहारमा पनि उज्यालो छाएको छ ।

लकडाउनको बेलामानी काम गर्दै ट्रान्सर्फमर परिक्षण सफल भएको र अब तुरुन्तै मिटरबक्स बितरण गर्ने कुरा विद्युत प्राधिकरणका कर्मचारी रामु ठकुरीले जानकारी गराउनु भयो ।

 

उक्त मुसिवानमा बिधुत नहुदा अन्धकार हुनाका साथै स्थानीय हरुले सनातिना कुटानिपिसानी मेसिन र बिधुतिय उपकरण चलाउन पाएका थिएनन । अब भने त्यस ठाउको दैनिकिमा परिवर्तन आउने निश्चित छ ।

करिब १५० घर धुरी रहेको उक्त बस्ती १०/१२ बर्ष पहिले त्यहा खेतीपातीको लागि लागि मौसमी वसाइ बस्ने गरेकोमा अहिले भने तराई सङ्ग जोडिएको बस्ती र खेतीपाती प्रसस्त उब्जनी हुने हुदा गाउको बसाइँ सरि स्थायी रुपमै त्यहा बस्न थालेका छन ।