शुक्रबार, असार ४, २०७८

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ९६० जना नयाँ कोरोना संक्रमित बढे

नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ९६० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार २४५ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५५ जना निको भएर घर फर्किएका छन् । भने २ सय १४ संक्रमितको मृत्यु भएको छ ।