शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीमा अक्सिजन सिलिण्डर संकलन गर्ने कार्य सुरु

सन्धिखर्क । अर्घाखाँची जिल्लामा संक्रमण दिन प्रतिदिन बढेसँगै प्रहरीले अक्सिजन सिलिण्डर संकलन गर्ने कार्य सुरू गरेको छ ।
प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाका विभिन्न उद्योगहरुबाट ४ थान भरी र ११ थान खाली गरी जम्मा १५ थान अक्सिजन सिलिण्डर संकलन गरी जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्धारा जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरेको छ ।
प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार  सन्धिखर्कमा सन्चालित साना तथा घरेलु उद्योगमा प्रयोग गरिरहेका १५ थान अक्सिजन सिलिन्डर ग्यास ब्यबसायीहरुकै सहमतिमा प्रहरीले आफ्नै मिनिट्रक मार्फत अर्घाखाँची अस्पतालमा पुर्‍याएको छ ।
उक्त अक्सिजन सिलिन्डर ग्यास प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख मेसु डाक्टर कपिल गौतमलाई हस्तान्तरण गरेका छन।