बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

महन्थ ठाकुर ओली सरकारकै पक्षमा उभिएपछि कांग्रेस माओवादीको योजना चकनाचुर (बिज्ञप्तीसहित)

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नुलाई मधेश विरोधी कामको संज्ञा दिएका छन ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएर सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर संयुक्त विज्ञप्ती जारी गरेको केही घण्टापछि अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन।

सोमबार राति विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको भन्दै वैकल्पिक सरकार गठनमा सहमत हुन नसक्ने निर्णय सार्वजनिक गरेका छन । ओली सरकारले नै आफूहरुको माग पूरा गरिरहेको अवस्थामा नयाँ सरकार बनाउने गतिविधमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको ठाकुरको निचोड छ ।

प्रधानमन्त्री ओली बिश्वासको मत लिन असफल भइ राष्ट्रपतिले संबिधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिनुभएलगत्तै ठाकुरको यस्तो निश्कर्ष आएको हो । उनको यो निर्णयसँग अब बहुमतको सरकार गठन गर्ने कांग्रेस माओवादीको योजना चकनाचुर भएको छ ।