सोमवार, असार ७, २०७८

दुर्गेश थापाले नायिका एलिजा गौतमलाई आखिर के गरे, जसका कारण जेल जानु पर्‍यो (भिडियो सहित)

लोकप्रिय मोडल दुर्गेश थापा प्रहरीको फन्दामा परेका छन। प्रेमिका संगको लफडा पछि उनि प्रहरीको लफडामा परेका हुन् । नायिका एलिजा गौतम र उनि बीच लफडा भए पछि प्रहरीले दुर्गेशलाइ समातेको विषय दुर्गेश थापाको नया म्युजिक भिडियोमा आएको छ । चर्चित नायिका तथा मोडल अलिजा गौतम र दुर्गेश थापाले अभिनय गरेको नया गीत बजारमा आएको छ ।

दुर्गेश थापाको आवाजमा रहेको आँखा देखाईदिस गीतमा शब्द तथा संगीत पनि दुर्गेश थापा आफैले गरेका छन।दुर्गेश थापाकै अर्को युटुब च्यानल डी सिरिज मार्फत बजारमा आएको गीतमा प्रेमी प्रेमिका बिचको बिछोड पछि हुने कहानीलाई बिशेष रुपमा देखाईएको छ भने दुर्गेश थापाको पनि रुप बदलिएको छ।

भिडियो निर्देशन भने चर्चित निर्देशक शिब बिकले गरेका छन। शिब बिकको पनि केहि भूमिका उक्त गीतको भिडियोमा देख्न सकिन्छ। मिलन बिकको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ।

पुरा भिडियो हेर्नुहोस् :