मङ्लबार, बैशाख ४, २०८१

Ratopress

Advertisment

SKIP THIS

‘कोरोना विरुद्धको लडाइँमा एकजुट बनौँ’ : मन्त्री आचार्य

अनिल नेपाली, अर्घाखाँची ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनाराणण आचार्यले कोरोना भाइरसका विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

अर्घाखाँची अस्पतामा निर्माणाधिन एच.डि.यु.सेवाको अनुगमन गर्दै आचार्यले जतिसक्दो छिटो सेवा संचालनको लागि अस्पताल प्रशासनलाई निर्देशन  समेत दिएका छन् । जिल्लामा हालसम्म आइ.सि.यु. र भेन्टिलेटर नहुँदा बिरामीलाई निक्कै सास्ती भएको भन्दै उनले तत्काल सेवा सुचारु गर्न आग्रह गरेका छन् । कोभिड –१९ का कारण अहिले मुलुकको जनजिवन प्रभावित भएको भन्दै यस्तो कठिन घडीमा सबैले आआफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्ने उनको भनाई थियो  ।

मन्त्री आचार्यले अस्पतालमा अक्सिजन र अन्य अत्यावश्यक उपकरणको अभाव हुन नदिन प्रदेश सरकार निरन्तर लागिपरेको भन्दै जनताको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको बताए । उनले कठिन परिस्थितिमा अहोरात्र खटेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी ,सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरुको राज्यले उच्च मुल्यांकन गर्ने बताउँदै समाजमा अनावश्यक हल्ला फैलाई जनतालाई आतंकित पार्ने ,कृतिम अभाव सिर्जना गर्ने,कालाबजारी गर्ने र सर्वसाधारण जनतालाई एक वा अर्को बहानामा दुःख दिनेलाई कडा कार्वाही गर्ने चेतावनी समेत दिएका छन्  ।

अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले भोलिदेखि नै एच.डि.यु. सेवा संचालन गर्ने बताए । उनले सरकारको २ करोड रुपैयाँको लागतमा १० बेडको एच.डि.यु.र २ भेन्टिलेटरको सेवा प्रदान गर्न लागेको भन्दै भेन्टिलेटरको लागि भने थप १/२ दिन लाग्ने बताए ।