बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँची-जापान समाजद्वारा अर्घाखाँची अस्पताललाई ५ वटा “इलेक्ट्रिक अक्सिजन मेसिन” सहयाेग

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको पहल र अर्घाखाँची-जापान समाजको सक्रियतामा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग गरेको छ ।

अर्घाखाँचीलाई दोस्रो लहरको कोभिड-१९ बाट संक्रमित हुनेहरुलाई देशभरी भइ रहेको अक्सिजनको समस्यालाई मध्यनजर गर्दै आफ्नै जिल्लामा प्रयाप्त उपचार होस् भन्ने उद्देश्यले ५ वटा “इलेक्ट्रिक अक्सिजन मेसिन” उपलब्ध गराउनको लागि नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष खनालको “नेपाल राष्ट्रिय बाणिज्य बैंक” को खातामा चार लाख पचाँस हजार जम्मा भएकाे छ । `इलेक्ट्रिक अक्सिजन मेसिन´ अर्घाखाँची-जापान समाजका सम्पूर्ण पधाधिकारी र सदस्यहरुलाई पत्रकार महासंघ अर्घाखाँचीले धन्यवाद दिएकाे छ ।

विदेशमा रहेर विभिन्न समस्याका कारण पनि आफ्नो जिल्ला बासिहरुलाई स्वास्थ सुविधा पुगोस् भनी यति ठूलो सहयोग प्राप्त भएकोमा युवाहरुलाई धन्यवाद व्यक्त गरिएको छ । अर्घाखाँची अस्पतालका प्रमुख मेसु डाक्टर कपिल गौतमले “इलेक्ट्रिक अक्सिजन मेसिन” को अर्डर भईसकेको र केही दिन भित्रमा अर्घाखाँची अस्पतालमा आइपुग्ने बताउनुभयो ।

 

अर्घाखाँची-जापन समाज अनि सम्पूर्ण जापन बस्ने नेपाली दाजुभाइहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै र नेपाल पत्रकार महासंघ-अर्घाखाँची शाखा, जिल्ला अस्पताल-अर्घाखाँची तथा हामी सम्पुर्ण जिल्लाबासिको तर्फबाट पुन हार्दिक धन्यवाद जिल्लाबासीले व्यक्त गरेका छन् ।