शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

नोभल कोरोना भाइरस (COVID19) : जनचेतनामूलक संदेश

कोरोना भाइरस रोग (कोभिड-१९) कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

Ratopress covid

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

कोरोना भाइरस रोगको मुख्य लक्षणहरू
– ज्वरो आउने (१००.४°F भन्दा माथि)
– खोकी लाग्ने
– श्वाश फेर्न गाह्रो हुने

माथिका लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।

नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने ?

– ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।

खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने

– साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

– भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।

– बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

– कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ ।

– घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।

Ratopress covid

कपडाको मास्क लगाउने तरिका :
१) मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

२) मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न

३) मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने

४) नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने

५) सकभर मास्कलाई हातले नछुने

६) डोरी मात्र समाई मास्क फुकाल्ने

७) कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने

८) मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

९) प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने

Ratopress covid

एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।

कोरोना भाइरस बारेमा जानकारी तथा परामर्श लिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १११५ वा ११३३ हटलाइन नम्बरमा विहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्न सक्नुहुन्छ । वा ९८५१२५५८३९, ९८५१२५५८३७, ९८५१२५५८३४ मा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सम्पर्क गर्न सक्नुहुन्छ।

आउनुहोस !

– मिलेर गलत सूचना विरुद्ध लडौं !
– साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ
– बालबालिकालाई कोभिडको अदृष्य शिकार हुन नदिऔं

विश्व स्वास्थ्य संगठन (WHO) को वेवसाईटबाट साभार गरिएको हो ।