सोमवार, असार ७, २०७८

डा. प्रकाश चन्द कोरोना संक्रमित आइसोलेसनमा जनताको सेवामा खट्दै

फाईल तस्विर

अनिल थारु , कपिलवस्तु ।

शिवराज नगरपालिकामा नेकपाका महासचिव विप्लवले उद्घाटन गरेको कोरोना विरुद्धको जनस्वास्थ्य सेवामा   विप्लपका छोरा डा. प्रकाश चन्दले जनतालाई सेवा गर्ने भएका छन ।

शिवगढी बासी नागरिकलाई कोरोनाबाट बचाउन आफु पनि यसै आइसोलेशनमा खटिएको र वडामा संचालनमा आएको आइसोशनलाई थप विस्तार र प्रभावकारी सेवा प्रदान गर्न  सरकार संग पहल गर्ने प्रतिवद्धता गरेका छन ।  वार्ड आइशोलेशनमा अहिले सम्म ९ जना संक्रमित र १ जना डिस्चार्ज भई घर फर्केको चन्दले बताए।

वडाबासीलाई कोरोना संक्रमण बाट बचाउन र संक्रमितलाई सहज उपचार पहुँचका लागि सर्वपक्षिय छलफलबाट वडाको सुन्दरी डाडामा रहेको प्रकाश मा.वि.लाई आइशोलेशन बनाइएको छ। “अहिले संक्रमितहरुका लागि योगा, सामान्य कसरत, बेसार- पानी, नुनपानी गार्गन, फ्रेस फलफुल दैनिक दुई पटक, जाउलो २ छाक, वाफ २ पटक, साउन बाथ दैनिक ३ पटक ,औषधी, अक्सिजन लगायतका सेवा दिएको छ । अहिले वार्डमा तत्काल नेपाल कम्युनिष्ट पार्टिबाट ५ थान बेड, वडा कार्यालयबाट १० थान बेड र अक्सिजन उपलब्ध भएको जनाइएको छ ।