बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न ध्यानाकर्षण

काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडललाई बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब प्रावि शिक्षक सरह बनाउन स्थायी शिक्षक हकहित मञ्चले ध्यानाकर्षण गराएको छ । मञ्चका संयोजक रमेश बाबु भट्टराईले आज विहान फोन मार्फत अर्थमन्त्रीलाई आफ्ना तीनबुँदे मागसहित ध्यानाकर्षण गराएका हुन् ।

संयोजक भट्टराइले आफूले अर्थमन्त्रीसंग शिक्षकलाई कोरोना खोपमा प्राथमिकता नदिएको, कोरोनाका कारण मृत्यु भएका शिक्षकलाई सान्तवना स्वरुप रु. १० लाख प्रदान गर्नुपर्ने, बिमा लगायतका विषयमा ध्यानाकर्षण गराएको मञ्चले जानकारी दियो ।

कोरोना संक्रमण संक्रमित शिक्षकको निशुल्क उपचार, रु. एक लाखको विमालगायतका विषयमा अर्थमन्त्रीसंग कुरा भएको संयोजक भट्टराईले बताए । भट्टराईले अर्थमन्त्री इसीडी शिक्षक र विद्यालय कर्मचरीको तलबवृद्धिका सन्दर्भमा सकारात्मक देखिएको जानकारी दिए । देशमा राजनितिक संक्रमण विद्यमान रहेकाले तत्काल शिक्षा ऐन जारी नहुने समेत बताएको मञ्चले जानकारी दियो ।