सोमवार, असार ७, २०७८

घरेलु मैदानमा नेपाललाई पहिलो पटक टी–२० सिरिजको उपाधि

फाइल तस्विर

काठमाडाैँ । नेपालले घरेलु मैदानमा पहिलोपटक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्समाथि १४२ शानदार जित निकाल्दै घरेलु टोली नेपालले टी–२० सिरिजको उपाधि उचालेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ ओभरमा ९६ रन बनाउँदै अलआउट भएको थियो ।

नेपालले शीर्ष स्थानमा रहँदै त्रिकोणात्मक सिरिजको फाइनलमा स्थान पक्का गरेको हो भने नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।