शुक्रबार, अशोज १, २०७८

कहाँ कुन जातीको पुजारी ?

सन्तोष आचार्य, काठमान्डाै ।

हिन्दू राष्ट्रको हाम्रो धारणा सांस्कृतिक हो । हाम्रा प्राचीन एवं महान् संस्कृति, जीवन, मूल्यहरूले
यसको रचना भएको छ । यही महान् संस्कृतिको भावनालाई जनजनमा जगाए मात्र हाम्रो
राष्ट्रजीवनले सही दृष्टि प्राप्त गर्न सक्नेछ । यसैले हाम्रा राष्ट्रसामु आइलागेका अनेकौँ समस्याहरूको
समाधानमा हामी सबैको प्रयत्न सफल हुने दिशानिर्देश गर्नेछ । अब यस दिशामा प्रयत्न गर्नु हाम्रा
निम्ति अपरिहार्य भइसकेको छ ।

पश्चिमी इसाई समाजले पोषित गरेको व्यक्तीहरूद्वारा जहिले पनि बाहुनहरूले जबरजस्ती अन्य
समुदायलाई आफ्नो धर्मकर्म मान्न बाध्य बनाए । मगर, थारू, शिल्पकार, नेवार, राई, तामांग आदि
समुहको मानिसहरू हिन्दु होईनन भन्दै सदियौ देखि मिलेर बसेको नेपाली समुदाय भित्र जातीय विष
घोलेर त्यसको फाईदा आफूहरूले उठाउदै आफ्नो धर्मान्तरणको धन्धालाई अघि बढाउदै गई रहेको कुरा
यहाहरूमा सर्व विदितै छ । तसर्थ उनीहरूको आखा खुलाउन तथा हाम्रो समाजमा भएको धार्मिक
सहिष्णुतालाई दर्शाउन कै लागि मैले यहा नेपालका केहि पौराणिक मन्दिरहरूमा सेवा प्रदान गर्ने
पुजारी र उनीहरूको जातको बारेमा लेख्ने जमर्को गरेको छु ।

वैशाख पूर्णिमा देखि पञ्चमीसम्म किराती संस्कृतिमा चण्डी नाच नाचिन्छ । चण्डी भगवती भनेको
दुर्गा कै नाम हो । किराती संस्कृतिमा सुम्निमा र पारुहाङ भनेर पूजीने वैदिक देवता महादेव र
पार्वती नै हुन् । गुरुङ र मगर जातिमा प्रचलित घाटु नाच, श्रीपञ्चमीका दिन विधिपूर्वक पूजा गरेर
आरम्भ गर्ने गरिन्छ । त्यस्तै सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ । यसमा पौराणिक
तथा ऐतिहासिक कथाहरू समेटेर गाउँने र नाच्ने गरिन्छ । मारूनी नाचमा रामायण, महाभारत आदी
धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । अनि कसरी किरात सभ्यता
लाई हिन्दु सस्कृति बाट अलग राख्न सकिन्छ ?

अधिकांश तराई, पहाड र हिमालमा बस्ने नेपालीको जन्मदेखि मृत्युसम्मका सारा संस्कार र
रीतिथितिको आधार हिन्दूधर्म नै हो । यी सबै दृष्टिकोणले पनि नेपालको हजारौँ वर्ष पुरानो एउटा
विशिष्ट सांस्कृतिक पहिचान भनेको ‘हिन्दुत्व’ नै हो । वेद धर्मको मूल हो । (वेदोऽखिलो धर्ममूलम्)
भनिएको छ । वेदका आधारमा व्याख्या गरिने वैदिक सनातन धर्म नै हिन्दू धर्म हो र विश्वमा
सबैभन्दा जेठो वैदिक संस्कृति नै हिन्दू संस्कृतिका नामले परिचित छ । यस दृष्टिले नेपालमा प्राचीन
वैदिक कालदेखि नै हिन्दू धर्म स्थापित छ । नेपालकै भूमिमा अनेकौँ ऋषिमुनिहरूको जन्म भएको थिए र यहीँ बसेर उनीहरूले साधना गरेका थिए ।

दमौलीमा व्यास ऋषिले, कोशी किनारमा विश्वामित्रले र अर्घाखाँचीमा पाणिनीले साधना गर्नुभएको कुरा डा. स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ पुस्तकमा उल्लेख गर्नुभएको छ । त्यस्तै, राजर्षिका रूपमा ‘जनक–परम्परा’ नेपाली भूमिकै मिथिला संस्कृति हो । नेपाल र नेपाली जनजीवनका पहिचान सामाजिक, सांस्कृतिक चाड–पर्व, कला–साहित्य आदि मूर्त र अमूर्त संस्कृतिको सीधा सम्बन्ध हिन्दू धर्म र यसैको कालगणना (तिथि–मिति पात्रो) सँग जोडिएको छ ।

महागुरु फाल्गुनन्द सम्पूर्ण नेपालीलाई सतर्क गराउँदै भन्नुभएको छ, “अर्काको नक्कल गर्दा आफ्नो
सक्कली पहिचान हराउने भएकाले आफ्नो धर्म–सस्कृति, सभ्यता र कर्ममा अडिग रही बस्नु।” उक्त
भनाइ वर्तमान समयमा झनै प्रासङ्गिक भएको छ । तसर्थ नेपालमा प्राचिन समय देखि कहा कहा
कुन जातिको पुजारीहरूले सेवा पुर्याउदै आउनु भएको छ त्यसको बारेमा मैले संकलन गर्ने सानो
प्रयास गरेको छु, जुन यस प्रकार रहेको छन्:


1. बराहक्षेत्र मन्दिरमा कुनैपनि पर्वमा मगरलाई अगाडि राखिन्छ जसलाई कोठारी भनिन्छ ।
दशैमा पहिला कोठारीलाई टीका लगाएपछि मात्रै अरुका लागि टीका खुल्छ ।
2. नेपालको जति पनि बली दिईने कोटहरू छन् सबै ठाउमा प्राय: मगर पुजारी रहेको छन् ।
3. धादिङको त्रिपुरासुन्दरी मन्दिरमा मगर पुजारी छन् !
4. तनहुको थानीमाई मन्दिरमा ३ जना मगर जातका पूजारीहरू छन् ।
5. सल्ल्यानकोटमा पनि वि.स. १६१६ देखि मगर थरका पुजारी छन् !
6. बानेश्वरस्थित छकुबकु मन्दिर मा सुकुमाया रोक्का मगर पुजारी छिन ।
7. शाहकालीन राजाहरूको पुख्र्यौली थलो स्याङ्जाको लसर्घामा आलमदेवी मन्दिर छ ।
आलमदेवीको मन्दिरमा मास्की राना मगरको व्रतबन्ध भएको तर विवाह नभएको कुमार केटा
पुजारी बस्ने चलन छ।
8. गण्डकी प्रदेशमा खान, शाह र सेन वंशका कोटहरू छन् । ती पुराना राज्यका राजधानीमा
अवस्थित प्राय: देवीदेवताका मन्दिरमा मगर पुजारी छन् ।
9. गोरखाको गोरखकाली मन्दिरमा नवारत्रीमा चोखोनितो गरेर मार्सी चामल को भात पकाउने
महिला मगर छिन । उनले त्यो भात बाट जाड बनाउछीन र त्यही जाँड महाअष्टमी अर्थात्
कालरात्रिमा केराको पातमा पोको पारेर मध्यरातमा कालीलाई 'हरओम तत्सत्…' भन्दै
चढाउँछिन् ।
10. लमजुंगको उत्तर कन्या मन्दिरमा घलेहरू नै पुजारी रहेका छन् ।
11. नेपालको प्रशिद्ध मन्दिर मनकामनामा २१ औँ पुस्ता देखि लगातार एकै घर परिवार भित्रको
मगर जातिको पुजारी छन् ।
12. स्याङ्गजाको चण्डीथान मन्दिरमा पनि मगर पुजारी रहेको छन् !
13. स्याङ्जाको आलमदेवी मन्दिरमा मगर पुजारी छन् ।

14. तनहुको छाब्दि बहारमा नि मगर पुजारी रहेका छन् ।
15. तनहुको थानी माइ मन्दिरमा तीन जना मगर पुजारीहरू रहेका छ्न साथै त्यस मन्दिरमा दुई
जना भोटिनी दिदिबहिनीलाई देवी मानेर पुजा गरिन्छ ।
16. दांगको बाह्रकुने ताल को बाराही मन्दिरमा घर्ती मगर पुजारी छन् !
17. स्याङ्जाको आलमदेबि जहा शाह बंशीय राजाहरुले आफ्नो कुल पुजा गर्नुहुन्छ त्यहाको
पुजारीपनि मगर रहेका छन् !
18. धादिंगको सल्यानकोटको माई मन्दिरमा राना मगर पुजारी रहेको छन् !
19. धरानस्थित बूढा सुब्बा मन्दिरको पुजारी मगर छन् । भक्तजनले भेटीका रूपमा जाँड, रक्सी,
सुर्ती, चुरोट, बिँडी, सुँगुर, कुखुराको भाले चढाउँछन् । समाजशास्त्रमा विद्यावारिधी गररिहेका
कमल तिगेला बुढासुब्बा मन्दिर खेवा लिम्बू वंशका अगुवाको चिहान भएको खेवा वंशावलीमा
उल्लेख रहेको बताउँछन्। त्यसैले लिम्बूहरूले यसलाई आफ्नो आस्थाको केन्द्र मान्दै आएका
छन्। पुजारी डम्बरबहादुर आलेमगर आफ्नो परिवारले पूजा गर्न थालेको १५औँ पुस्ता भएको
बताउँछन् ।
20. विष्णुपादुकामा मन्दिरमा वली राना मगर पुजारी छन् !
21. गोरखाको कालिका दरबारमा काली स्थापना गरेको ठाउँमा मगर पुजारीबाहेक अरु पस्न
पाउँदैनन् ।
22. मुक्तीनाथ मन्दिरमा प्राचिनकाल देखि भोटे, शेर्पा जतिको कन्या पुजिन्छ । अनि भोटे र शेर्पा
कसरी मुक्तीनाथ मन्दिर देखि अलग भयो ?
23. काठमाडौंको विनायक मन्दिरमा नेवारको वैश्य समुदायको ज्यापु पुजारि छन् ।
24. काठमाडौंको गुह्येश्वरी, पाटनको भीमसेनका पुजारी बज्राचार्य छन् ।
25. कन्केस्वरी इन्द्रायणी मन्दीरमा पोडे (नेवार समुदायको कथित तल्लो जात) जातीको पुजारि
रहेका छन ।
26. पाल्पाको श्री रणउजेश्रोरि मन्दिर जसले प्राचिन ईतिहास बोकेको छ त्यहा पहिले देखि नै
नेवार पुजारि छ्न ।
27. ललितपुरको बगलामुखीमा कुसुले थरका देवपाला छन् ।
28. काठमाडौँमा पचली भैरव भएर नाच्ने कसाही वा खड्गी हुन् ।
29. काठमाडौँ उपत्यकामा नरदेवीका गण भएर नाच्ने ज्यापु छन् ।
30. हरिसिद्धिको नृत्य गर्ने सबै ज्यापू समुदायका छन् ।
31. भक्तपुरको महाकाली नृत्य गठु (मालाकार) ले गर्छन् ।
32. नेवारका जोशीहरूले साँखु बज्रयोगिनीलाई आफ्नो कुलदेवता मान्छन् जहा बज्राचार्य पुजारी छन्

33. भक्तपुरको सुर्य विनायक मन्दिरमा कथित नेवार समुदायको तल्लो जात भनिएको धौला पोडे
जातिको पुजारी छन् ।

34. धुलिखेलको प्रसिद्ध भगवती मन्दिरमा नेवारको कर्माचार्य थरिको पुजारी छन् ।
35. काठमाण्डौको दक्षिणकालीमा नेवार जातिको बज्राचार्य थरीका पुजारी छन् ।
36. काठमाडौंको शोभा भगवतीमा पनि बज्राचार्य थर कै पुजारी छन् ।
37. भक्तपुरको नवदुर्गा मन्दिरमा पनि नेवार कुल कै बज्रचार्यहरू पुजारी छन् ।
38. काभ्रेको पलान्चोक भगवतीमा बज्राचार्य कुलका पुजारी छन् ।
39. भद्रकाली मन्दिरमा नेवारी कुलका कर्माचार्य थरीका पुजारी छन् ।
40. नुवाकोटको भैरवीदेवी मन्दिर र देवीघाटमा रहेको जालपादेवी मन्दिरलाई दिदी बहिनी मानिन्छ
। नुवाकोट भैरवी मन्दिरमा नेवारको ज्यापु (डंगोल) र बज्राचार्य थरीका पुजारी छन् । भैरवी
मन्दिरलाई जीवित देवताको प्रतिक मानिन्छ ।
41. बाराको गढीमाई मन्दिर जहा १० हजार भन्दा बढी रागा, बोकाको बली दिईन्छ त्यहा थारू
पुजारी रहेको छन् ।
42. सप्तरीको राज राजेश्वरी मन्दिरमा पनि थारू समुदाय कै पुजारी छन् ।
43. राजविराज, सप्तरीको राजदेवी मन्दिरमा थारु पुजारी छन् ।
44. कैलालीको कैलारि गा.पा.को बनदेवि भगवती मन्दिरमा थारू जातिका पुजारी छन ।
45. चितवनको बिक्रम बाबा मन्दिरमा थारू पुजारी रहेको छन् ।
46. सुर्खेत देउतिवज्यै मन्दिरमा पनि थारू समुदायको पुजारी देख्न सकिन्छ ।
47. नवलपरासीको प्रसिद्द मन्दिर बाबा बरदगरिया जहाँ ११११०१ जना कन्याको पुजा गरिएको
थियो त्यहापनि थारु पुजारि छन् ।
48. दुहवीको शिव मन्दिरमा थारू समुदायको पुजारी छन् ।
49. लुम्बिनीमा मायादेवी मन्दिरको पुजारी मधेसी समुदायका पाण्डे बाहुन थिए। लुम्बिनी विकास
कोषले बाहुन पुजारी भनेर हटाइदियो। तर, बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा अझै बाहुन
पुजारी रहेको प्रा गुरुङ बताउँछन्। उनका अनुसार ती पुजारी बिहान-बेलुकी विष्णु सहस्रनाम
वाचन गरेर आरती गर्छन् । मायादेवी मन्दिरमा रहेको बौद्ध भिक्षु र बाहुन पुजारी संयुक्त
रूपमा मिलेर पूजा गर्दछन ।
50. ताप्लेजुंगको प्रशिद्ध मन्दिर पाथिभरा देवी वा किराती मुन्धुम अनुसार ‘मुलुमलुङमा’ मन्दिर
लिम्बुजातीको संरक्षणमा छन् । रिसिङ’ नाम गरेका लिम्बु ऋषि तपस्या गरेको भन्ने मान्यता
छ । पुजारी ब्राम्हण भएपनि लिम्बुहरुको रैथाने देवताको रूपमा मानिन्छ ।
51. ललितपुरको सानो हात्तीवनको माङहिम मन्दिरमा राई, याख्खा, सुनुवार र लिम्बूको लागि ४
अलग अलग ढोका छन् जसमा राई र लिम्बु पुजारी छन् ।
52. धनकुटाको जालपादेवी मन्दिर अर्थात छिन्तांग देवीको मन्दिरमा राई पुजारी छन् जहा महिला
निषेधित छ । यो मन्दिरको आफ्नै गुठी छ । तीन सय मुरीको सेराफाँट गुठी छ । त्यो गुठी
पनि राई पुजारीकै नेतृत्वमा सञ्चालित छ।
53. हेटौंडा नगरको प्रसिद्ध देवी भूटनदेवी मन्दिरमा दनुवार राई पुजारी छन् ।

54. भोजपुरको रक्तकाली, सतीदेवी, जाल्पादेवी मन्दिरमा राई पुजारी रहेका छन् ।
55. खोटांग हलेसी महादेवको मन्दिरमा पनि राईहरू कै अध्यक्षतामा पुजारी रहेको छन् । उक्त
मन्दिरमा एक मूल पुजारी र दुई बाल पुजारी रहेका छन् ।
56. भेडेटारको देवीमन्दिरमा लिम्बु पुजारी रहेका छन् ।
57. इलामको देवी मन्दिरमा पुजा गर्ने ब्राम्हण भएपनि पहिले त्यहा लिम्बु पुजारी थिए तर अहिले
तामांग पुजारी बस्दछन ।
58. कालीकोटको देवी मन्दिरमा सार्की पुजारी छन् ।
59. सुदूरपश्चिम प्रदेशको डोटीको प्रसिद्ध शक्तिपीठ सालमुनि मन्दिरको पुजारी नै दलित
समुदायका छन् ।
60. गुल्मीको जयखानीको ऐतिहासिक कोतमा पनि दलित पुजारी रहेका छन् ।
61. घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा विश्वकर्मा थरीको एक
महिला पुजारी छिन ।
62. बैतडीको वनारसी धाममा पनि दलित पुजारी रहेका छन् ।
63. गुम्लीको ह्वाङदीमा रहेको व्रम्हाहस्त निशेल गौतम देवालयमा शिल्पकार (दलित) पुजारी
रहेको छन् ।
64. बन्दीपुरको खड्गदेवी मन्दिरमा कामी र मगर पुजारीले देवीलाई बोकी शोभायात्रा गराउने,
नेवारहरुले मंगलधुन बजाई भजन किर्तन गर्ने तथा व्यवस्थापन पक्ष हेर्ने, दमाईले मंगलधून र
नगरा बजाउने, सुनारले देवीका गहना उजिल्याई शोभायात्राको अन्तिममा देवीलाई चढाउने र
अन्य जातिकाले शोभायात्राभर सेवा, धूपबत्ती बाल्ने र गुरुङ समुदायले शोभायात्रामा पहरा र
सुरक्षा दिने अनि उक्त रात चुड्का प्रदर्शन गर्ने गर्दछन ।
65. बाँकेको डुडुवा गाउँपालिका–५ कम्मरजँहा स्थित बाबाकुटी मन्दिरका पुजारी महमद थरीका
मुस्लिम रहेका छन् ।
66. मुस्ताङको मुक्तिनाथ मन्दिरमा भोटे समुदायकी झुमा र आर्य समुदायका बाहुन पुजारीले
एकसाथ मन्दिरको रेखदेख र पूजाआजा गर्छन् । आदि

यसरी सदियौ देखि हिन्दु समाजमा जहा जुन जाति को बसोवास रहदै आएको छ उक्त क्षेत्रमा
त्यहिको स्थानीय जाति नै पुजारीको रूपमा उक्त मन्दिरमा पुजापाठ एवं मन्दिर सम्पदाको संरक्षण
गर्दै आउनु भएको छ । तरपनि इसाईद्वारा संचालित केहि सस्थाहरूले नेपालको धर्म, सस्कृति,
सभ्यता, परम्परा, मौलिकता, रितिरिवाज, पुरातत्व, पहिचान, साहित्य, कला, भाषा, इतिहास, भाईचारा,
जातीय सहिष्णुता आदिलाई सिध्याउनको लागि ठुलै प्रयत्न गरि रहेको छन् । यहा जातीय विखण्डन
एवं छुतअछुत भनि सदियौ देखि रही आएको भाईचारामा विष घोलेर भताभुंग बनाउने प्रयास गरिएको
छ । जसको दिनानुदिन शिकार बनिरहेको छ आजको अर्ध शिक्षित समाज ।

राई, लिम्बु, मगर, गुरूंग, तामांगहरूको धर्म किरात होईन भनेर उनीहरूलाई बौद्ध, युमा साम्यो, बोन,
प्रकृति पुजक आदिमा विभाजन गरियो । त्यसपछि शिल्पकार समाजलाई तिमीहरूलाई बाहुनहरूले
परापुर्वकाल देखि नै पढ्न दिएनन, मन्दिर छिर्न दिएनन, अछुत बनाए तरपनि किन तिमीहरू हिन्दु
धर्ममा बसी रहेको छौ ? शिल्पकार समाज भनेको अहिन्दु हो । सबै अहिन्दुहरू मिलेर अब हिन्दु सग
युद्द गर्नु पर्छ । यिनीहरूलाई देशबाट बाहिर निकाल्नु पर्छ भन्दै समाजमा जातीयताको विष घोलेर
देशमा जातीय युद्ध गराउन तयार छन् इसाई द्वारा पोषित अर्को एक समुह ।

त्यतिमात्र नभएर सनातन सस्कृतिमा टिका लगाउने सम्वन्धमा समेत इसाई द्वारा पोषित समुहहरूले
धेरै चलखेल गरिएको देखिन्छ । सुरुमा सबै जनजाति तथा क्षेत्री ब्राह्मणहरूले पनि सेतै टीका लाउने
चलन थियो । तर पछिल्लो समय रातो रङ पाइन थालेपछि मात्रै सबैले रातो टीका लाउन थालेको हुन्
। रातो रंगको अभाबमा विभिन्न वनस्पती कुटेर त्यस बाट रंग निकाली टिका लगाउने गरेको
कथनहरू पनि यदाकदा सुन्नमा पाईन्छ । मस्टो पुजक एवं तराईको आदिवासी समुदायले रंगको
अभाबमा बली दिईएको पशुको रगतमा चामल मुछेर टिका लगाउने गरेको प्रमाणहरू पनि पाईन्छ ।

नेवार समुदाय भनेको व्यापारी समुदाय भएको र व्यापारको शिलशिलामा यात्रा गरिरहने भएकाले
सबैभन्दा पहिले नेवार समुदायले नै दसैँमा रातो टीका लगाउन शुरू गरेका थिए भन्ने प्रमाणहरू पनि
यदाकदा पढ्न पाईन्छ । तसर्थ भ्रमको विष घोलेर सहिष्णु समाजलाई एक अर्कोको दुश्मन बनाउने
जुन परिपाटीको आज नेपालमा अभ्यास हुदैछ यसलाई नेपाल सरकारले समयमा नै रोक्न सकेन भने
यहा भयावह परिणाम घट्न सक्ने कुरो निश्चित छ ।

जय सनातन । नेपाल आमाको जय ।

संकलन तथा लेखन: सन्तोष आचार्य