बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगामा प्रथम राष्ट्रपति रनिङ शिल्ड छ्नोट प्रतियोगिता जारी (फाेटाे फिचर)

झनक केसी, ठाडा ।

अर्घाखाँची शितगङ्गा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ दोस्रो दिन विभिन्न बिधाका खेल सकिएका छन । शितगङ्गा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा रजिया पोखरिमा रनिङ शिल्ड बैशाख ४ गते देखि सुरु भएको थियाे ।

बैशाख ७ गते सम्म आयोजना हुने प्रतियोगिताको दोस्रो दिन भएको १५ सय मिटर दौडको छात्र तर्फको उपाधि सुधा माविका बिष्णु घर्तीले हात पारेका छन् । उनले उक्त दुरी ४ मिनेट ४८.३२ सेकण्डमा पुरा गर्दै प्रथम भएका हुन् । यसैगरी जन जागृती माबिका प्रेम बिकले ५ मिनेट ००.३३ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए ।

सरस्वति माविका सुमन खत्री ५ मिनेट ३८.१० मा उक्त दुरी पार गर्दै तेस्रो भएका छन् । छात्रातर्फ गौरा माबी प्रथम उनले उक्त दुरी ६ मिनेट ३४.४५ सेकेन्डमा पुरा गरिन् । सरस्वती माबिले ६ मिनेट ५३.२४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हात पारे । हरिले ७ मिनेट ०० ५४ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हात पारे ।

 

त्यस्तै हाईजम्प तर्फ छात्रमा सुधा माविले प्रथम हात पारेका छन् । जनजागृती माबिले दोस्रो हात पारेको छ। तेस्रो स्थान सुबोधनी माबिले हात पारेको छ । छात्रातर्फ सरस्वती माबी प्रथम,हरि माबी द्वितीय र सुधा माबी तृतीय भएको छ।

 

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका अध्यक्ष बाबुराम गैरे बताए । यसैगरी भलिबल,छात्र,छात्रा मध्य छात्रा तर्फ ज्योती माबी प्रथम स्थान हात पारेको छ। द्वितीय स्थान सिवादह माबिले हात पारेको छ। भने तृतीय स्थान सरस्वति माबिले कब्जा गरेको छ। छनौट खेलमा प्रथम र द्वितीयलाई जिल्लामा समाबेश गराउने छ । समितिका संयोजक शंकर आचार्यले बताए । एथ्लेटिक्सतर्फ सबै इभेन्टहरु सकिएको बताए । खेल समापन भने भोली गरिने आयोजकले जनाएका छन् ।

खेलाडिलाई वडा न. १२ का वाड अध्यक्ष बाबुराम गैरे सहितको टिम लगाए जनजागृती युवा क्लबले अहोरात्र खटेर करिब ३०० जना विद्यार्थीहरुलाई मेसमा खाना खुलाएर बस्नको ब्यबस्थापन समेत गरेको क्लबका अध्यक्ष पशुपती बिस्टले जानकारी दिएका थिए । प्रतियोगितामा नगरभित्रका सामुदायिक र नीजि गरि १२ वटा विद्यालयका करीब ३०० सय खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउने छन् ।