शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं, असोज १ ।
आज असोज १ गते विश्वकर्मा पूजा अर्थात बास्तु दिवस । आश्विन संक्रान्तिका दिन आज हिन्दुहरुले विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजाआजा गरेर विश्वकमाृ पूजा मनाउँदैछन् ।

द्ववापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माचले समुद्रका बीचमा ‘’भेद द्वाराका रुपमा बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्वका रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । प्राचिन भारत वर्षका चार दिशाका रक्षक देवताका रुपमासमेत मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका! अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमासमेत मान्ने गरिन्छ । ब्रह्माका पुज विश्वकर्माले लङ्कालगायत दैवीकालका सबै संरचनाको निर्माण गरेको विश्वास छ ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरिउहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुणको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पुजा गर्दछन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमासमेत मनाउछन् ।