शनिबार, असार ५, २०७८

कबड्डी प्रतियोगितामा पत्थरकोटको नर्थ पोइन्ट एकेडेमी जिल्ला प्रथम ,

भक्तिराम घिमिरे, कपिलवस्तु 

,सोमबार कपिलवस्तुको तौलिहवास्थित  बुद्ध रंगशालामा आयोजना गरिएको रास्ट्रपति रनिंग सिल्ड अन्तरगतको कबड्डी प्रतियोगितामा बुद्धभूमि १ पत्थरकोटको नर्थ पोइन्ट एकेडेमी कबड्डीमा जिल्ला प्रथम भएको छ । नर्थ पोइन्टले बुद्धभुमीको वडा नगर हुदै जिल्ला सम्म खेल्दै उपाधी कब्जा गरेको हो । बुद्ध रंगशाला तौलिहवामा भएको फाइनल खेलमा नर्थ पोइन्ट एकेडेमी बिजयी हुन सफल भएको छ ।

बिजयी संगै स्कुलका प्रिन्सिपल हरि प्रसाद बेल्बासेले विद्यार्थीहरु पढाई संगै अतिरीक्त क्रियाकलापमा पनि अगाडी रहेको र स्कुलको नाम राख्न सफल भएको भन्दै खेलाडी ह रुलाई धन्यवाद दिदै  खुसी ब्यक्त गर्नुभायो ।