मङ्लबार, बैशाख ४, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीको शिवादहमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

विक्रम अाचार्य, ठाडा ।

अर्घाखाँचीकाे शितगंगा नगरपालिका -६ मा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ हिजाे शनिबार शिवादहमा अन्तरपालिका वडा स्तरीय खुल्ला पुरूष भलिबल प्रतियाेगिता सुरू गरिएकाे थियाे ।  वडा कार्यालयकाे आयोजनामा प्रतियाेगिता संचालन भएकाे हाे ।

भलिबल प्रतियोगिताका संयाेजक सन्दिप दर्लामीकाे अध्यक्षता एवम वडा अध्यक्ष रिषी रेश्मीकाे प्रमुख आतिथ्यतामा वडा स्तरीय खेलकुद प्रतियोगिता समापन भयाे । प्रतियाेगितामा १२ टिमको सहभागिता रहेकाे थियाे ।

आज भएकाे खेलमा शितगंगा -६ काे समुह प्रथम, शितगंगा -२ काे समुह दाेस्राे र शितगंगा -७ काे समुह तेस्रो भएकाे थियाे। खेलमा शिवम् परियारले उत्कृष्ट प्रदर्शन गरेका थिए भने खेलकाे एम्पाएर नविन सारु र दिपक गाहाले गरेका थिए ।

अन्तरपालिका वडा स्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार ठुला ढुङ्ग्रे निवासी हाल अमेरीकामा रहने सुमन रेश्मीले साैजन्य गरेका थिए ।