बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

कमला माविमा सरस्वती मन्दिरकाे शिलान्यास

गिरिराज पान्डे, पाणिनी ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ पालीमा रहेको कमला माविमा स्थापना हुन लागेको सरस्वती मन्दिरको आज शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

पाणिनी गाउपालिकाको वडा नं. ८ को कमला माविमा वरिष्ठ इन्जिनियर बिष्णु पन्थीले आफ्नो पिता नमकान्त पन्थीको स्मृतिमा निर्माण गर्न लागेको सरस्वती मन्दिर बुधबार शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

मन्दिर शिलान्यास विद्यालयका संस्थापक सदस्य ऋषिकेशव घिमिरेले गर्नु भएको थियो । मन्दिर प्राचिन प्यागोडा शैलीमा बनाइने बताइएकाृ छ ।